धरान । संघीय संसदको दुबै सदनको संयुक्त बैठकमा अर्थमन्त्री  प्रकाश शरण महतले सरकारले चालु वर्षको लागि १७ खर्ब ९३ अर्ब रूपैयाँ बजेट प्रस्तुत गरेका छन् । 

२०८०/८१ को बजेट प्रस्तुत गर्दै चालु वर्षमा १५ खर्ब ४ अर्ब रूपैयाँ मात्रै बजेट खर्च हुने अनुमान गरिएको बजेट पेश गरेका छन। अर्थमन्त्री महतले अनुमानको तुलनामा २ खर्ब ९१ अर्ब खर्च हुने संशोधित आकलन गरेका बताएका छन्। 

चालु खर्च ११ खर्ब ८३ अर्ब रूपैयाँ विनियोजन गरेकोमा १० खर्ब ४३ अर्ब मात्रै खर्च हुने अनुमान गरिएको छ । पुँजीगत खर्च ३ खर्ब ८० अर्ब रूपैयाँ विनियोजन गरिएकोमा २ खर्ब ५८ अर्ब रूपैयाँ मात्रै खर्च हुने संशोधित अनुमान गरिएको छ।