धरान / गत सोमबार संघिय सरकारले प्रस्तुत गरेको बजेटमा धरान उपमहानगरपालिकाको लागि अघिल्लो वर्षको तुलनामा ७ दसमलब ४५ प्रतिशतले  बजेटमा वृद्धि गरेको छ । 

अर्थमन्त्री प्रकाश शरण महतले प्रस्तुत गरेको २०८०/८१ बजेटमा धरान उपमहानगरको लागि कुल ९० करोड २ लाख रुपैया बिनियोजन गरेको छ । 

अघिल्लो वर्ष ८३ करोड ४ लाख रुपैया बिनियोजन गरेको थियो । 

प्रस्तुत बजेट अनुसार चालू तर्फ ७७ करोड ७६ लाख र पुँजीगततर्फ १२ करोड २६ लाख रहेको छ । 

बिनियोजन बजेटमा समानीकरण अनुदानमा न्युनतम अनुदान ८ करोड २५ लाख,  सुत्रमा आधारित अनुदानमा २१ करोड ७५ लाख र कार्यसम्पादनमा अनुदानमा ५२ लाख गरि कुल ३० करोड ५२ लाख रुपैया रहेको छ । 

त्यसै गरि सशर्त अनुदान तर्फ चालु खर्चमा ४७ करोड २४ लाख, पुँजीगततर्फ ३ करोड ६ लाख गरि ५० करोड ३० लाख, विशेष अनुदान तर्फ पुँजीगततर्फ ३ करोड २० लाख र समपुरक तर्फ ६ करोड बिनियोजन गरेको छ ।