धरान / तिनै तहको सरकारले फुटबललाई सम्बोधन गर्न नसकेको बताउदै कोशी प्रदेश फुटबल संघका नवनिर्वाचित अध्यक्ष किशोर राइले सरकारसँग बजेटमा पुनर्विचार गर्नुपर्ने र फुटबलको क्षेत्रमा सातै प्रदेशमा आवश्यक बजेट विनियोजन गर्नुपर्ने माग गरेका छन् ।

अखिल नेपाल फुटबल संघका केन्द्रीय वरिष्ठ मानार्थ उपाध्यक्षसमेत रहेका राईले सरकारी बजेटमा सातै प्रदेशमा खेलकुदका लागि नीति, निर्माण र दूरदर्शिता स्पष्ट आउनुपर्ने  बताए ।

धरानस्थित पत्रकार महासंघ सुनसरी हलमा आयोजित पत्रकार सम्मेलनमा राईले गत सोमबार संघीय सरकारले प्रस्तुत गरेको बजेटले फुटबललाइ अपमानित गरेको दाबी गरे 

उनले भने, ‘आधुनिक स्पोर्टस्, स्कुल वा एकेडेमी सञ्चालन गर्ने खोइ भिजन ? क्रिकेटलाई एउटा रंगशाला र विराटनगरमा एउटा रंंगशाला भनेर मात्र हुन्छ ?’ यो चाहिं एकदमै अपमानित कुरा हो,  यहाँ फु्टबललाई अपमानित गरिएको छ।’ 

धरानमा रात्रिकालीन फुटबल प्रतियोगिता सञ्चालन गर्नका लागि प्रयास भइरहेको राईले बताए ।

 रात्रिकालीन फुटबलको अवधारण अनुसार  काम गर्ने योजना बनाएर प्रदेश सरकार सङ समय मिलाएर छलफल गर्ने तयारी भैरहेको उनले बताए ।

 धरान उपमहानगरपालिकासँग समेत फुटबलका पदाधिकारीहरुको समन्वयमा आग्रह गर्ने अध्यक्ष राईले बताए 

फुटबल विकासका लागि धरानमा प्रयास भइरहेको बताउँदै राईले प्रदेशस्तरीय एककेडेमी र र कोशी प्रदेशको फुटबल संघको कार्यालयसमेत धरानमै रहेकाले यसलाई पनि उपलब्धी मान्नुपर्ने बताए ।

अध्यक्ष राईले रंगशालामा प्याराफिटको निर्माण भइरहेको, स्टेज थप निर्माणका लागि डेढ करोडको कार्ययोजना पेश गरेको बताए ।