धरान / कोशी प्रदेश' नामकरणको विषयलाई लिएर पहिचानबादीहरुको बिरोधको आम्दोलनलाइ स्थगन गरि वार्ता र सम्बाद बाट निकाश खोज्न प्रदेश सरकारले आव्हान गरेको छ । 

सरकारका प्रवक्ता भक्ती प्रसाद सिटौलाले आज प्रेस बिज्ञपति जारी गर्दै  पुर्व घोषित कार्यक्रमहरु स्थगन गरि बार्ता र सम्बादको माध्यमबाट निकाश खोज्न सम्बद्ध पक्षलाइ सरकारले आव्हान गरेको हो । 

बिज्ञप्तिमा लेखिएको छ, `शान्तिपूर्ण ढङ्गबाट गरिने विरोध र आलोचनाले लोकतन्त्रलाई नै सुदृढ र मजबुत बनाउछ भन्ने कुरामा प्रदेश सरकार विश्वास राख्दछ , 

यही सन्दर्भमा नामकरणको बारेमा रहेका आफ्ना विमतिहरुलाई शान्तिपूर्णरुपमा राख्न अनुरोध गर्दै पूर्व घोषित विरोधका कार्यक्रमहरुलाई स्थगन गरी बार्ता र सम्वादको माध्यमबाट निकास खोज्न सम्बद्ध पक्षलाई कोशी प्रदेश सरकार आह्वान गर्दछ ।´

प्रदेशको नामाकरणको बिषयमा केही समय देखि भइरहेको असन्तुष्टि र विरोधका घटनाप्रति कोशी प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

 प्रदेशको नामकरण प्रति प्रदेशवासीको आम चासो र सरोकार हुँदा हुँदै प्रदेश सभाको अघिल्लो पाँच वर्षे कार्यकालमा तत्कालिन 'प्रदेश नं १' को नामकरण हुन नसक्दा नागरिक तहबाट उत्पन्न असन्तुष्टि र आलोचना प्रति हामी सबै जानकार रहेको बताएको छ ।

प्रदेशको नाम  संबैधानिक रुपमा तत्कालिन प्रदेश नं १ को प्रदेश सभामा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलहरु नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका राजनीतिक दल, दलकाका नेता तथा प्रदेश सभा सदस्यहरुको अथक प्रयासवाट प्रदेश सभा कोशी राखिएको बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

 प्रदेश सभाका ९३ जना प्रदेश सभा सदस्य मध्ये ८२ जना प्रदेश सभा सदस्यहरुका ९० प्रतिशत प्रदेशसभा सदस्यहरुको समर्थनमा प्रदेशको नामाकरण भएको जनाएको छ ।

बिज्ञप्तिमा उल्लेख गरिएको छ, 'आफ्नो प्रदेशको नामाकरण आफैँ गर्न पाउने संवैधानिक अधिकार हो, यही संवैधानिक अधिकारको प्रयोग गर्दै वर्तमान नेपालको संविधानको धारा २९५(२) अनुसार तत्कालिन प्रदेश नं १ को नामकरण 'कोशी प्रदेश' रहन पुगेको हो।´