सुनसरी /नेपाल पत्रकार महा संघले ३ दिने मल्टिमिडिया तालिम शुक्रबार देखि शुरु  गरेको छ ।

वेलका नगरपालिकामा प्रदेश स्तरीय तालिम शुरु गरेको हो  कार्यक्रमा भोजपुर , धनकुटा , सुनसरीको धरान, इटहरी, विराटनगर , इनरुवा , मोरङ, वेलका नगरपालिका र उदयपुर गाईघाटका ३० जना पत्रकारहरुको उपस्थित रहेको छ।

कार्यक्रममा वेलका नगरपालिका मेयर अशोक  कार्कीको प्रमुख आतिथ्यता रहेको थियो । 

कार्यक्रममा नेपाल पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष लिला बल्लभ घिमिरे , पत्रकार महासंघ कोशी प्रदेश सचिव विवेक गौतम ,नेपाल  पत्रकार महासंघका केन्द्रीय सदस्य भिष्ण राई , नेपाल पत्रकार महासंघका उपाध्यक्ष हेमा चेम्जोङ, पत्रकार महासंघका उदयपुरका जिल्ला अध्यक्ष भरत खडकाको उपस्थित रहेको थियो ।