धरान/  नेपाली बजारमा सुनको मूल्यले लगातार नयाँ रेकर्ड कायम गरिरहेको छ।

गत कारोबार दिन अर्थात् बिहीबार प्रतितोला पाँच सय रुपैयाँ बढेर नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य शुक्रबार (आज)अघिल्लो दिनको तुलनामा प्रतितोला ८ सय रुपैयाँ बढेर फेरि नयाँ रेकर्ड राखेको हो। 

आज सुन प्रतितोला १ लाख १३ हजार ३ सय रुपैयाँमा कारोबार हुदैँ हाल सम्मकै उच्च मूल्य कायम गरेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा ८ सय रुपैयाँ बढी हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १३ हजार तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १२ हजार सात सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। 

बिहीबार छापावाल सुन प्रतितोला एक लाख १२ हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार नौ सय ५० रुपैयाँमा कारोबार भएको थियो।  

त्यसैगरी, शुक्रबार पनि चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १४ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ। 

बिहीबार चाँदी प्रतितोला १४ सय १० रुपैयाँमा किनबेच भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २५ रुपैयाँ बढेको हो।