धरान / नागरिता विद्येयक प्रमाणिकरण भएकोमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य, प्रचार विभाग प्रमुख मिन विश्वकर्माले संसदीय प्रणालीको सम्मान भएको बताएका छ्न् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भ्रमणमा जानुअघि नै राष्ट्रपति रामचन्द्र पौडेलले विधेयक प्रमाणिकरण गरेपछि केही ठाउँमा विरोध हुन थालेको बेला पूर्व मन्त्री समेत रहेका विश्वकर्माले नागरिकता विद्येयक प्रमाणिकरण गर्दा पीडामा परेका नेपालीहरुले बर्षौदेखि नपाएको नागरिकताको समस्या हल भएको बताएका छन् ।

विगतमा संसदबाट पारित भएको विद्येयक राष्ट्रपति समक्ष पुगेर फिर्ता भएको प्रसंग कोट्याउदै संसदबाट पारित भएको कुरालाई राष्ट्रपतिले फिर्ता  गर्न नमिल्ने भएपनि फिर्ता भएपछि अड्किएको विद्येयक अहिले आएर पारित भएकोमा यसमा विरोध गर्नुपर्ने आधार नभएको उनको तर्क थियो ।

उनले विगता पास भएको विद्येयकले निरन्तता पाएको बताए । उनले नागरिक विद्येयक राष्ट्रिय हितमा भएको बताए । विद्येयकले यस अघि भएका कानुनमा भएको वैवाहिक अंगीकृत र अंगीकृत नागरिकलाई छुदै नछोएको उनले बताए ।

दुवै सदनबाट पारित विधेयक २०७९ साउन १६ गते तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष २०७९ साउन १६ प्रमाणिकरणका लागि पठाइएको थियो ।                          त्यसबेला राष्ट्रपति विद्यादेवी भण्डारीले दुवै सदनबाट पारित भएको विद्येयक फर्काएर संसदको अवहेलना गरेको ठहर उनको तर्क यिो ।

 दोस्रो पटक २०७९ भदौ २० गते राष्ट्रपति समक्ष प्रमाणीकरणका लागि पठाइएको थियो ।                       संवैधानिक व्यवस्था अनुसार १५ दिनभित्र प्रमाणीकरण गरिनु पर्नेमा राष्ट्रपतिले विधेयक प्रमाणिकरणमा रोकि दिएको उनको भनाई छ ।

तर फागुन २५ गते राष्ट्रपति बनेका पौडेलले ३ महिनापछि सरकारको अनुरोधमा नागरिकता विधेयक प्रमाणीकरण लागि १२ जेठमा राष्ट्रपति पौडेलसमक्ष पठाइएको थियो ।                    वहुमत सांसदले पास गरेका कुरालाई अड्काउन नहुने भएपनि अहिले आएर पास भएको विद्येयकले नागरिकता नपाएका, नागरिकताका लागि दौडधूप गरिरहेकाहरुलाई सहज भएको उनको भनाई छ ।