धरान/  दुई बर्ष अगाडि गठन भएको धनकुटा धरान एकता समाज सामाजिक कार्यमा सक्रिय बन्दै गएको छ ।

धनकुटामा जन्मेर धरानलाई कर्मक्षेत्र बनाउदै आएका धनकुटेलीहरुको संस्था यसमाज २०७८ फागुन २९ गते स्थापना भएको हो । लामो समयदेखि बैंकको जागिर खाएर अबकास भएपछि धरानमा बसेर जन्मभूमिमा केही गर्नुपर्छ भन्ने उद्देश्यले गंगाप्रसाद रेग्मीको अध्यक्षतामा तदर्थ समिति गठन भएको थियो । गठन भएयता यसले धेरै सामाजिक कार्यहरु गरिरहेको छ ।

रोजगारी, शिक्षा लगायतका दर्जनौ सामाजिक कार्य गरिसकेको समाजले प्रथम बाषिकोत्सव तथा अधिवेशन सम्पन्न गरेको छ । धरान १२ पब्लिक माविको हलमा सम्पन्न कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधि, राजनीतिक दलका स्थानीय नेता लगायत बुद्धिजीविहरुको उपस्थिति रहेको थियो ।

सो अवसरमा बोल्दै साँस्कृति तथा भाषाविद् प्रा.डा. टंक न्यौपानलेले आफू जन्मेको माटोको प्रेम नगर्नेले समाज तथा राष्ट्रको प्रेम गर्न नसक्ने बताए । उनले सोही कार्यक्रममार्फत पहिचानवादीहरुको आन्दोलनलाई सरकारले समेटेर जानुपर्नेमा जोड दिए ।

यस्तै धनकुटा–धरान एकता समाजको अध्यक्ष गंगाप्रसाद रेग्मीले धनकुटामा जन्मेर धरानमा कर्मक्षेत्र बनाएका सबै जाति, धर्म, लिंग लगायत सबै पक्ष समेटिएर लगिएको बताए ।

उनले यस संस्थालाई सबैको सहयोगको खाँचो रहेको बताउँदै आपसी सद्भाव, भेटघाट भाइचारासँगै सहयोगी भावनाहरु.जागृत गराउन यो संस्था गठन भएको बताए । उनले यस संस्थामा बसेर नकरात्मक प्रवृत्तिलाई हटाउँदै सकारात्मक कार्यमा अगाडि बढ्नुपर्नेमा जोड दिए ।

सम्पन्न अधिवेशनबाट पुन:गंगाप्रसाद रेग्मीको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति निर्विरोध चयन गरिएको छ । समाजको उपाध्यक्षमा जयप्रसाद निरौला, सचिवमा राजकुमार थापा क्षेत्री, कोषाध्यक्षमा गौरी याख्खा चयन भएका छन् ।

यसैगरि सदस्यहरुमा विनोद घिमिरे, श्याम कार्की, पूजा कर्माचार्य, राजेशमान श्रेष्ठ र दलबहादुर परियार चयन भएका छन् भने समाजको प्रवक्तामा कृष्णप्रसाद सुवेदीलाई चयन गरिएको छ ।