धरान /  स्थानीय तहका दलित जनप्रतिनिधिहरुको राष्ट्रिय भेला काठमाडौंमा शनिबार देखि शुरु भएको छ । 

छुवाछूत मुक्त राष्ट्र घोषणाको १७ वर्ष पुगेको सन्दर्भ पारेर देशै भरिका दलित जनप्रतिनिहरुको भेला काठमाडौको राष्ट्रिय सभागृहमा शुरु भएको हो । स्थानीय तह दलित जनप्रतिनिधिहरुको प्रथम राष्ट्रिय भेला मुल आयोजक समितिको आयोजनामा भेला शुरु भएको छ ।

आयोजक समितिका संयोजक निलकण्ठ नगरपालिकाका उपप्रमुख दिपक बिश्वकर्माको अध्यक्षतामा भएको भेलाको प्रमुख अतिथी उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ रहेका थिए । भेलामा प्रमुख अतिथी श्रेष्ठले समुदायको निम्ति लोकतन्त्र आन्दोलनलाइ जोडेर संघर्ष गरेको बताए ।

दलित समुदायको बलिदानले लोकतन्त्र स्थापित भएको उनको भनाइ छ । उनले भनेञसास्कृतिक रुपमा विभेद कायमै छ, यसलाइ अभिशापको रुपमा लिनुपर्छ, कानुनलाइ ब्यवहारमा उतार्न अनिवार्य छ ।

 उनले कानुनलाइ ब्यवहारमा लागू गराउने ठाउँमा दलित समुदायको अनिवार्य प्रतिनिधित्वको ब्यवस्था गरेको बताउदै  समुदायको आर्थिक बिकाश गर्न नितिगत ब्यवस्था गरेर अघि बढ्नु पर्ने बताए ।

भेलामा विभिन्न पालिकाका प्रमुख, उपप्रमुख, वडाध्यक्ष, कार्यपालिका सदस्यहरुको उपस्थिति रहेको छ । भेलाले तदर्थ समिती पनि गठन गर्ने भएको छ । भेलामा बजेट निर्माण प्रक्रिया , नितिगत ब्यवस्था लगायतको बिषयमा कार्यपत्रहरु माथी छलफल हुने भएको छ । 

भेलाको अवसरमा दलित महिला केन्द्रले भोजपुरका लाल बहादुर बिश्वकर्मालाइ  नगद १ लाख सहित इभाकसप अवार्डले सम्मान गरेको छ भने गायक तथा संगीतकार यश कुमार र राजु परियारलाइ पनि सम्मान गरेको छ ।