धरान /  नेवार एकता समाज धरान १७ को आयोजनामा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । गत शनिबार, धरान १७ स्थित श्री पञ्चकन्या मा.वि.मा सम्पन्न भएको हो ।

शिविरमा जेष्ठ नागरिक लगायत १ सय ५६ जनाले आँखा परिक्षण गरेका थिए । नेवार एकता समाज जनस्वास्थ्य सेवा समितिको संयोजनमा, धरान उपमहानगरपालिका १७ नंं वडा कार्यालयको विशेष सहयोगमा र सूर्य आई कियर धरान १२ को प्राविधिक सहयोगमा शिविर सम्पन्न भएको थियो ।

आयोजक संस्थाको अध्यक्ष जगत बहादुर श्रेष्ठको अध्यक्षतामा र हरिकृष्ण श्रेष्ठको संयाजकत्वमा सम्पन्न कार्यक्रममा प्रमूख अतिथि नेवार एकता समाज, केन्द्रिय समितिका अध्यक्ष महेश श्रेष्ठ रहनु भएको थियो ।

nee

कौशिकी क्याम्पस धरानका क्याम्पस प्रमूख मोहन श्रेष्ठको सहजिकरणमा सम्पन्न शिविरमा, नेवार एकता समाज धरान १७ का निवर्तमान अध्यक्ष देव बहादुर श्रेष्ठ, केन्द्रिय उपाध्यक्ष मञ्जु श्रेष्ठ, प्रवक्ता भोला श्रेष्ठ, केद्रिय सदस्य सुमन श्रेष्ठ, महिला समिति संयोजक विद्या शाक्य लगायत

१७ नंं. वडा समितिका उपाध्यक्ष रेनुका शाक्य, सचिव शुष्मा श्रेष्ठ, कोषाध्यक्ष अन्जु श्रेष्ठ र पदाधिकारीहरु साथै स्थानीय अगुवा तथा बुद्धिजिवीहरुको वाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रम संचालन नेवार एकता समाज केद्रिय समितिका महासचिव दिपेन्द्र श्रेष्ठले गर्नु भएको थियो । 

ne

श्री पञ्चकन्या मा.वि.का प्रधानाध्यापक खेमचन्द्र सुवेदीज्यूले आफ्ना विद्यालयमा शिविर संचालन भएको र विद्यार्थीका अभिभावहरु समेत आँखा जाँच भएकोमा खुशी व्यक्त गरेका थिए । प्रमुख अतिथि नेवार एकता समाज केन्द्रिय समतिका अध्यक्ष महेश श्रेष्ठले विशेष सहयोग गरेकोमा

धरान उपमहानगरपालिका १७ नंं. वडा कार्यालय र प्राविधिक सहयोग गर्ने सूर्य आई कियर आँखा अस्पताललाई विशेष आँखा अस्पताल, धरान १२ लाई कृतज्ञता ज्ञापन गर्दै कार्यक्रम सफल बनाउन लागिपर्ने आयोजक समिति र संयोजक हरिकृष्ण श्रेष्ठ साथै सहजकर्ताको भुमिका निर्वाह गर्ने मोहन श्रेष्ठलाई धन्यवाद ज्ञापन गरेका थिए ।

धरान १७ निवासी केद्रिय उपाध्यक्ष मञ्जु श्रेष्ठले कार्यक्रम उपलब्धिमुलक भएको प्रतिकृया दिएका छन् । 

जाँच गरिएको विरामी मध्ये १७ जनामा मोतिया विन्दु भएको, ३१ जनाले चस्मा लगाउनु पर्ने, ३५ जनाले पुनः  चेक जाँच गर्नुपर्ने र ३१ जना कमजोर दृष्टी भएको भेटिएको सूर्य आई कियर आँखा अस्पताल धरानका वरिष्ठ आँखा रोग विशषज्ञ डा। इच्छा जोशी सोनीले बताए । 

शिविरमा निःशुल्क आँखा जाँच गर्नुका साथै, आवश्यक औषधि पनि निशुल्क वितरण गरिएको थियो । आवश्यक अनुसार चस्मा तथा आँखाको उपचार गर्न विशेष सहुलियत समेतको व्यवस्था गरिएको थियो । आफ्नै टोल समुदायमा आँखा जाँच गर्न पाएकोमा सहभागीहरुले खुशी व्यक्त गरेका थिए ।