धरान/ परिवर्तनको लागि सामाजिक अभियान द्वारा आयोजित सामाजिक स्वास्थ्य क्लिनिकको ३८ औं संस्करण सम्पन्न भएको छ । वरिष्ठ मुटु रोग विशेषज्ञ डा. प्रशान्त साहद्वारा परिक्षण गरिएको उक्त कार्यक्रममा ५१ जना विरामीहरुको स्वास्थ्य परिक्षण गरिएको थियो । 

वाक फर एजुकेशनको सहकार्यमा आयोजित कार्यक्रममा वृद्धवृद्धा एवम् बालकको समेत स्वास्थ्य परिक्षण गरिएको थियो ।

मुटुरोग, रक्तचाप र मधुमेह सम्बन्धी परिक्षण गरिने उक्त शिविरमा निःशुल्क सुगर परिक्षण र औषधी वितरण समेत गरिएको अभियानका अध्यक्ष विष्णु बरालले बताए । बरालका अनुसार करिब २ वर्षदेखि यो कार्यक्रम निरन्तर रुपमा आयोजना गरिएको छ । 

धरानका विभिन्न स्थानहरु तथा धरान बाहिर झापा गाउपालिका, इनरुवा, बराहक्षेत्र समेतका ठाउहरुमा यो कार्यक्रम गरिएको थियो ।

वीपीकोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका नर्स श्वेता भण्डारीद्वारा रक्तचाप परिक्षण गरिएको यस कार्यक्रमका संयोजक शुशिर बराल रहेका छन् । 

वाक फर एजुकेशन मर्निङ्ग वाक गर्ने युवाहरुको समुह हो ।

यस समुहले शिक्षा र स्वास्थ्य क्षेत्रमा कार्यक्रमहरु गर्ने गर्दछ । एजुकेशनका सदस्य प्रकाश श्रेष्ठले यस्ता कार्यक्रमहरुमा सहकार्य गर्न पाएकोमा अभियानप्रति आभार समेत प्रकट गरे । 

अभियानका अभियन्ताहरु वर्षा अग्रवाल, हेम ढकाल, निशान नेपाल, राजु फुयालको सहभागिता रहेको उक्त शिविर धरान–१३ स्थित भगवति आधारभूत विद्यालयमा आयोजना गरिएको थियो ।