धरान/ पन्ना एउटा त्यस्तो रत्न हो, जसको धारणले वृष लग्नका मानिसका लागि धनलाभ एवं ज्ञान वृद्धिमा सहयोग पुग्छ ।

यो धनु लग्नका लागि पनि सामान्य लाभदायक भए पनि अन्त्यमा खर्च बढाउने सम्भावना उच्च रहन्छ तर सिंह लग्नका लागि भने राम्रो मानिन्छ ।

त्यसैगरी धनु र मेष लग्नका मानिसको पारिवारिक सुख एवं व्यापार व्यवसाय बढाउन पन्ना धारण उत्तम मानिन्छ । सामान्यतया मिथुन र कन्या राशि एवं बुधबार जन्म भएकाहरूका लागि पनि पन्ना धारण फलदायी मानिन्छ ।