विराटनगर / मोरङको सुन्दरहरैँचामा रहेको एक बिद्यालयका लेखापालले बिद्यालयमै आत्मदाह गरेका छन् ।

सुन्दरहरैचाको श्री माध्यमिक विद्यालयकालेखापाल ४० वर्षीय मनिल ढकालले विद्यालयकै शौचालयभित्र आत्मदाह गरेका हुन् ।

बिद्यालयको शौचालयभित्र जलिरहेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी रन्जनकुमार दाहालले जानकारी दिए । शनिबार बिहान सात बजे आसपास शौचालयबाट उनी चिच्याएपछि स्थानीयले थाहा पाएका थिए ।

उनी आफैले आगो लगाएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । जलेर गम्भीर घाइते भएका उनलाई कोसी अस्पतालमा उपचारका लागि लगिए पनि उपचार सम्भव नभएपछि काठमाडौँ लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनले आफ्नै मोटरसाइकलको पेट्रोल झिकेर आफै खनाएको हुनसक्ने प्रहरीले जनाएको छ ।