धरान  /  तराईका जिल्लामा बढेको् अत्याधिक गर्मीका कारण धनकुटाको सागुरीगढी गाउँपालिकामा पर्ने भेडेटार र आसपासका स्थानमा सर्वसाधारणको अत्याधिक भीड हुने गरेको् छ ।

शनिवार छुट्टीको समय पारेर विशेष गरेर तराईका झापा, सुनसरी, मोरङ, सिरहा, सप्तरी तथा भारतको पश्चिम बगलबाट गर्मी छल्न भेडेटार पुगेका थिए ।

 तराईका जिल्लामा ४१ डिग्री सेल्सियस तापक्रमसम्म पुगेपछि सर्वसाधारणको दिनचर्यामा नै प्रभावित बनाएको छ !

यसले गर्दा थोरै समय निकालेर भेडेटार पुग्दा केही सहज महसुस हुने गरेको त्यहाँ पुग्नेहरुले बताएका छन् ।

झापाको उधुम गर्मी छल्ल शनिवार भेडेटार पुगेका श्याम प्रसाई स परिवार भेडेटार पुग्दा स्वर्गमा पुगेको अनुभव भएको बताउँछन् । 

अहिले अत्याधिक गर्मीका कारण विद्यालय समेत छुट्टी भएको मौका पारेर साँझ फर्किने गरी भेडेटार आएको भएपनि चिसो् मौसमका कारण उनी एक रात बस्ने निष्कर्षमा पुगेका थिए ।

 उनी भन्छन्–‘गर्मी छल्न आएको फर्किने गरी आएको भएपनि यहाँको चिसो सम्झेर एक रात बस्न मन लाग्यो, आइतबारमात्र फर्किने हो ।’

उनीमात्र हैन सिराहाबाट आएका रामजनम यादवले समेत गर्मीका कारण तराईमा बस्नै नसक्ने अवस्था भएको बताए । 

उनले भने–‘घरमा बस्यो घर नै तातिन्छ, राति पनि राम्ररी सेलाउदैन, पंखाको हावा तातो हुन्छ, बाहिर निस्कियो निस्किनै नसकिने अवस्था छ, धेरै गर्मी भएपछि एकछिन भएपनि भेडेटारको चिसोमा रिफ्रेश हुन आएको हु“ ।’

उनीहरुमात्र हैन तराईमा बढेको अत्याधिक गर्मीका कारण सैयौ सर्वसाधारण भेडेटार पुगेका थिए । 

कोही शंकमुल पार्कमा बसेर टिकटक बनाउने, फोटो लिने गर्दै थिए भने कोही भेडेटारमाथि नाम्जे, राजारानीसम्म पुगेर फर्किएका थिए । 

कतिपय सर्वसाधारण भेडेटार तल पर्ने नमस्ते झर्नामा समेत पानीमा डुबुल्की मार्न समेत पुगेका थिए ।

त्यहाँ पुग्ने कोहीले् भने दिउँसो भेडेटारमा समेत हल्का गर्मी महसुस हुने गरेको् बताएका छन् । 

दिउसो घाममा तराईको जति गर्मी नभए पनि गर्मीको महसुस हुने झापा दमकमा कुमार तिम्सिनाले बताए ।  

उनले भने–‘शनिवार हामी विहान ८ बजे भेडेटार आइपुगेका थियौ, यहाँ आउँदा चिसो नै थियो, तर दिउँसो यहाँ चर्को घाम लाग्यो , त्यसबेला हामीलाई गर्मीको् महसुस भयो । ’ 

पहाडी क्षेत्र जहिल्यै चिसो हुने स्थानमा त गर्मीको महसुस हुन्छ भन्ने तराईमा कस्तो गर्मी छ भन्ने कुरा कल्पना नै गर्न नसकिने उनी बताउँछन् ।

हेटल एसोसिएन भेडेटारका कोषाध्यक्ष रमेश श्रेष्ठका अनुसार शनिवारमात्र भेडेटारमा हजारौ सर्वसाधारण तराईका जिल्लाबाट गर्मी छल्न आएको बताएका छन् । 

आर्थिक मन्दीका कारण आर्थिक चहलपहल विगतको भन्दा कम भएपनि सर्वसाधारणको भेडेटार आगमनमा भने गर्मीका कारण बृद्धि भएको उनी बताउँछन् ।