धरान/ प्रदेश स्काउट कार्यालय , कोशी प्रदेशको आयोजनामा  मिति २०८०/०२/२० गते कोशी प्रदेशका माननीय मुख्यमन्त्री एवं प्रदेश स्काउट संरक्षक श्री हिक्मत कुमार कार्की ज्यु र  माननीय सामाजिक बिकास मन्त्री एवं प्रदेश प्रमुख स्काउट श्री बुद्धि कुमार राजभण्डारी ज्युको पद तथा गोपनियताको सपथग्रहण एवं दिक्षान्त कार्यक्रम सम्पन्न भएको छ ।

 नेपाल स्काउट रास्ट्रिय तदर्थ समिति संयोजक श्री लोक बहादुर भण्डारी ज्युले माननीय मुख्यमन्त्री र सामाजिक बिकास मन्त्री ज्युलाई स्काउटको प्रदेश संरक्षक र प्रमुख स्काउटको हैसियतमा सपथग्रहण एवं दिक्षान्त गराउनु भएको हो । 

नेपाल स्काउट , कोशी प्रदेश तदर्थ समिति संयोजक श्री रवि खनाल ज्युको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल स्काउट , रास्ट्रिय प्रधान कार्यालयका निर्देशक श्री राम प्रसाद भट्टराई ज्यु , रास्ट्रिय प्रशिक्षक ज्युहरु, प्रदेश तदर्थ समितिका सदस्य ज्युहरु, सल्लाहकार सदस्य ज्युहरु, सहायक रास्ट्रिय प्रशिक्षक ज्युहरु, स्काउट लिडरहरु र रोभर रेन्जरहरुको उपस्थिति रहेको थियो । 

कार्यक्रमको संचालन  प्रदेश स्काउट कार्यालयका प्रदेश अधिकृत श्री नवराज घिमिरेले गर्नुभएको थियो ।