सुनसरी/ नेपाली बजारमा लगातार बढीरहेको सुनको मूल्य आइतबार घटेको छ। तीन दिन नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य आइतबार भने घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारे सुनको मूल्य प्रतितोला १ हजार ७ सय रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ११ हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ। 

शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १३ हजार तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १२ हजार सात सय ५० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि घटेको छ। 

शुक्रबार प्रतितोला १४ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार प्रतितोला १४ सय १५ रुपैयाँमा किनबेच भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २० रुपैयाँ घटेको हो।