धरान / धरानलाई पर्यटकीय स्थलको रुपमा परिचित गराउन स्थानीय स्तर तथा स्थानीय सरकारले धेरै कामहरु गरेका छन् ।

यसै क्रममा धरान १३ र २० को संयुक्त सक्रियतामा २० र १३ को संगम स्थल सर्दु करिडोरमा बीपी पार्क निर्माण, धरान १३ फुस्रेमा ऐतिहासिकता झल्किने मूर्तिहरु निर्माण लगायतका दर्जनौ पर्यटन प्रवद्र्धनका काम गरेका छन्

khukurii

पछिल्लो समय गोर्खालीलीहरुको वीरताको चीनाको रहेको खुकुरी प्रतिभासहितको पार्क निर्माण भएको छ । धरान १३ सारंगामा ४० फिटको उचाईमा बनेको यो पार्कमा सर्वसाधारणका आकर्षण बढ्दै गएको छ ।

khuku

निर्माण सम्पन्न नभई कन यस ठाउँमा सर्वसाधारणको घुइँचो लाग्ने गरेका छ । अहिले खुकुरी पार्कमा गएर रमाउने, त्यहाँबाट धरान बजारको रमणीय दृश्यावलोक गर्नेको भीड बढेको छ ।

धरान उपमहानगरपालिका वडा नं १३ का वडाध्यक्ष नेत्र काफ्लेका अनुसार सो पार्क कोशी प्रदेश सरकार, १३ नं. वडा समितिको लगानीमा निर्माण भएको बताए ।

kh

उनले धरानमा पर्यटक आकर्षण गर्न यस्ता पार्कको आवश्यकता भएको बताउदै निर्माणाधीन अवस्थामा फोटो खिच्ने, टिकटक बनाउनेको अत्याधिक भीड बढेको बताए ।

उनले  १३ न. वडालाई पर्यटकीय क्षेत्र वनाउन फुश्रे चौकमा फुश्रेको  ऐतिहासिक झल्किने मुर्तिहरु निर्माण, विपि पार्क, बीपी पार्कसंँगै  रहेको रक गार्डेन ,  अमरहाटमा रहेको वाटर फाउण्टेन सहितको पार्क लगायतका पार्कहरुले धरान आउनेहरुका लार्गि  पर्यटकीय आकर्षण थपिदिएको बताए ।

khukuu