इलाम /     जिल्ला प्रशासन कार्यालय इलामले पाथीभराको हिसाव छानविन गर्न समिति बनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव प्रसाद कोईरालाको संयोजकत्वमा कोष तथा लेखा नियन्त्रण कार्यालय, शहरी बिकास तथा भवन निर्माण कार्यालय, अडिटर एसोसीएसन र गाउँपालिकाका प्रतिनिधि रहने गरी समिति बनाएको हो ।

प्रशासनले संस्था दर्ता ऐन २०३४ को दफा १०(१) अनुसार २५ दिन भित्रमा अनियमितताको सत्यतथ्य छानविन गरी प्रतिवेदन बुझाउन समय दिएको छ ।

उक्त समितिले माग गरेको समयमा पाथीभरा संरक्षण संस्थाले सबै हिसावकिताव दिनु पर्ने, बैंक र लकरको समेत विवरण लिने, समितिले निर्माण गरेको कार्यको प्राविधिक नापजाँच गराउने, २०७३ श्रावण १ गते देखि २०७९ माघ मसान्त सम्मको हरहिसाव हेर्नु पर्ने निर्णय गरेर समितिलाई जिम्मा दिएको प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले बताए ।

समितिले जेठ ३२ गर्ते गर्ने भनीएको साधारण सभा समेत लेखा परीक्षण प्रतिवेदन र समितिको छानविन प्रतिवेदन सार्वजनिक गरे पछि मात्र गर्न निर्देशन दिएको छ । 

रोङ गाउँपालिकाले केहि समय अघि कानुन निर्माण गरी कार्यपालिकाबाट पास गरेर पाथीभरामा नयाँ समिति निर्माण गरी गाउँपालिकाको मातहतमा ल्याएको थियोे ।

पालिकाले पटक पटक हिसाव बुझाउन पुरानो समितिलाई पत्रचार गरे पछि समितले गत १४ गते साधारण सभा गराई हिसाव बुझाउने भने पनि अन्तिम समयमा आएर समिति अध्यक्ष दौलत कुमार र्राइले हिसाव बुझाउन मानेनन् ।

पुरानो समितिले १९ महिनाको हिसाव बुझाउन बाँकी छ भने २०७३ साल देखि नविकरण समेत भएको छैन । उक्त संस्थाले आन्तरिक लेखा परीक्षण समेत नगराएको पाएपछि अहिले गाउँपालिकाले लेखा परीक्षक नियुक्त गरेर लेखा परीक्षणको काम गरिरहेको छ ।

तत्काल निर्णय नसच्याए प्रजिअलाई बहिस्कार गर्ने आन्दोलनको तयारी

पुरानो समितले हिसाव नबुझाए पछि पालिकाले केहि दिन अघि जिल्ला प्रशासनलाई पत्र लेख्दै पाथीभराको सम्पती नियन्त्रणमा लिएर छानविन गर्न माग गरेको थियो । तर, प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले छानविन गर्नुको सट्टा पुरानो समितिलाई बल पुग्ने गरी दुबै समितिलाई छलफलमा मात्र बोलाए पछि बिवाद चर्कीएको थियो ।

प्रजिअ पोखरेलले गाउँपालिकालाई पत्र लेखि छलफलमा बोलाए पछि पाथीभराको बिषय थप विवादित बनेको छ ।

गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्बोले स्थानीय सरकारलाई बेवास्ता गर्दै नविकरण समेत नभएको संस्था संग समान हैसियतमा बोलाए पत्र काट्ने अधिकार प्रजिअ संग नरहेको बताए ।

‘संघीयताको मर्म बिपरीत काम गर्ने प्रजिअ बिरुद्ध इलामका १० वटै पालिका आन्दोलीत बन्ने तयारी छ उनले भने, ‘प्रजिअले तत्काल निर्णय नसच्याए प्रजिअलाई बहिस्कार गर्ने सम्मका आन्दोलन पालिकाहरुले गर्ने तयारी रहेको बताए । 

पाथीभरा मन्दिरलाई गाउँपालिकाको मातहतमा ल्याएर नयाँ समितिले काम गर्न थाले पछि १ सय दिनमा ७४ लाख बढी रकम आम्दानी भएको छ । उता पुरानो समितिले १९ महिनाको रकम करिव ४७ लाख मात्र समिति संग भएको जनाउदै आएको छ ।

त्यसमा पनि हाल १५ लाख रुपियाँ मात्र समितिको खातामा रहेको बुझिएको छ । पुरानो समितिले गरेका कामको लेखा परीक्षण गराउदा काटीएका रसिदमा केरमेट भएको, टिपेक्स लगाईएको, अंक फरक परेको पाईएको छ । नगद र जिन्सी दुबैमा घोटला भएको अनुमान गरिएको छ । 

गाउँपालिका उपाध्यक्ष बिष्णुमाया खवासले स्थानीय सरकार संचालन ऐन २०७४ अनुसार एकल अधिकार सूचीमा राखेर पाथीभरालाई गाउँपालिकाले आफनो अधिनमा ल्याएको जानकारी दिइन । उनले भनिन् ‘स्थानीय सरकारको अधिकार माथी सिडियोले हस्तक्षेप गर्ने होईन, छाविनमा सहयोग गर्ने हा