धनकुटा/  धनकुटा नगरपालिकामा सञ्चालन भएका व्यवसायीहरुका लागि नातौल दर्ता तथा नविकरण शिविर राखिएको छ ।

उद्योगी, व्यावसायीहरुको सुविधाको लागि गुणस्तर तथा नाप तौल कार्यलय विराटनगरको प्राविधिक सहयोग र सहकार्यमा नाप तौल दर्ता तथा नविकरण शिविर सञ्चालन गरिएकोे उद्योग वाणिज्य संघ धनकुटाका अध्यक्ष बिजयसन्तोषी राईले जानकारी दिए ।

शिविर धनकुटाका मुख्य व्यापारिक केन्द्रहरु धनकुटा सदरमुकाम, हिले, सिंधुवा र पाख्रिवास बजारमा गर्ने गरि मिति निर्धारण भएको अध्यक्ष राईको भनाई छ ।