सुनसरी/ साताको पहिलो  दिन नेपाली बजारमा सुन–चाँदीको मूल्य स्थिर रहेको छ।

अघिल्लो कारोबार भएको दिन  शुक्रबार प्रतितोला आठ सय रुपैयाँ बढेको सुनको मूल्य  आज भने स्थिर रहेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार नौ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। 

शुक्रबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो। त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि स्थिर रहेको छ। 

शुक्रबार  प्रतितोला १४ सय १५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ