मोरङ / झापाको मेचिनगरमा भएको सवारी दुर्घटनमा सुनसरीका सन्दिप नेपालिको मृत्यु भएको छ ।

शनिबार झापाको मेचिनगर नगरपालिका वडा नम्बर १५ मा रहेको काठको गोलिया बोकेको मे.१ ख ६०५ नम्बरको ट्रकले रोकी राखेको ना.२ ख ८७९९ नम्बरको ट्रकमा ठक्कर दिदा घाईते भएका मे.१ ख ६०५ नम्बरको ट्रकको सहचालक इटहरी ४ सुनसरीका २० बर्षिय सन्दिप नेपालीको उपचारको क्रममा बि एन्ड सि अस्पताल बिर्तामोडमा मृत्यु भएको हो ।

  घटनामा संलग्न ट्रक र चालक इलामका २४ वर्षीय पुरन लुङ्गेली मगरलाई इलाका प्रहरी कार्यालय धुलाबारीले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।