धरान/ भाषा बाचे जाती बाच्छ भन्ने भनाईलाई उद्रित गरी नेवार जातिको भाषा जोगाउन नेवाः देय् दवू धरान उपमहानगर समितिले गरेको प्रयास सार्थक भएको प्रमुख अतिथि धरान उपमहानगर पालिकाका उप प्रमुख अईन्द्र विक्रम वेघाले वताए ।

एकल जातिय धर्म, भाषा, लिपि र संस्कार संस्कृतिको अन्त्य गर्न र बहुजातीय मुलक बनाउन सवै जात जातीहरु आफ्नो आफ्नो क्षेत्रबाट लागिपर्नु पर्ने वेघाले धारणा व्यक्त गरेका थिए ।  

नेवाः देय् दवूको आयोजना, धरान उपमहानगरपालिकाको विशेष सहयोगमा, नेवार एकता समाज धरान ११ समितिको व्यवस्थानमा सम्पन्न तालिममा श्रेष्ठ समाज सहयोगीको रुपमा रहेको थियो ।

कार्यक्रममा नेवाः देय् दवू धरान उपमहानगर समितिका अध्यक्ष मनोहर शाक्यले भाषा र लिपि सँगै संस्कार र संस्कृतिलाई जिवन्त राख्ने कार्यमा खलः पुचहरुसँग सहकार्य गरेर विभिन्न कार्यहरु संचालन गर्दै आएको बताए ।

सोमबार, श्रेष्ठ समाज धरान ११ को सभा हलमा सम्पन्न समापन समारोहमा २५ जना धरानका विभिन्न वडाका सहभागीहरुलाई प्रमाण–पत्र प्रदान गरिएको नेवाः देय् दवू धरान उपमहानगर समितिका महासचिव दिपेन्द्र श्रेष्ठले कार्यक्रम संचालनको क्रममा बताए ।

कार्यक्रममा सहभागीको तर्फबाट राधिका श्रेष्ठले नेवाः भाषाबाट सम्बोधन र आफ्नो परिचय दिई कार्यक्रम उपलब्धिमुलक भएको बताइन ।

धरान १० निवासी नेवाः भाषा प्रशिक्षक रामेश्वरी श्रेष्ठलाई तालिममा सहभागी र संस्थाको तर्फबाट मायाको चिनो प्रदान गरिएको थियो । सहभागीहरु मध्ये उत्कृष्ट सहभागिको पुरस्कार देवका श्रेष्ठलाई प्रदान गरिएको थियो ।

नेवार एकता समाजका केन्द्रिय अध्यक्ष महेश श्रेष्ठले धरान भित्रका नेवार समुदायलाई संगठीत गरी जातीय विकासका कार्यक्रमहरु सँगै खानेपानी, शिक्षा, स्वास्थ्य, रोजगार लगायतका  नगर विकासको कार्यमा समेत आफुहरुको महत्वपूर्ण सहभागीता हुने बताए ।

कार्यक्रममा सहभागीहरुलाई स्वागत गर्दै नेवाः देय् दवू सँग सहकार्य गर्ने अवशर पाएकोमा नेवार एकता समाज धरान ११ का अध्यक्ष लिला प्रधानले खुशी व्यक्त गरेका थिए ।

कार्यक्रममा नेवाः देय् दवू धरान उपमहानगर समितिका सल्लाहकार राजेशमान् श्रेष्ठ, दवूका जिल्ला उपाध्यक्ष सुरेन्द्रमान् स्थापित, श्रेष्ठ समाजका अध्यक्ष पदम श्रेष्ठ, नेवाः राष्ट्रिय पत्रकार दवूका जिल्ला अध्यक्ष मोहन श्रेष्ठ, नेपाल खड्गी सेवा समितिका अध्यक्ष मनिष खड्गी, श्रेष्ठ समाज धरान ११ का संस्थापक अध्यक्ष श्याम श्रेष्ठ

, नेवाः थपु गुठी धरान–८ का अध्यक्ष लोक बहादुर श्रेष्ठ, नेवाः देय् दवूका नगर कोषाध्यक्ष विमला श्रेष्ठ, नेवाः देय् दवू धरान १० का अध्यक्ष मनोज श्रेष्ठ, सिद्धि नेवाः परिषद्का सदस्य प्रतिनिधि हरिकृष्ण श्रेष्ठ, नेवार एकता समाजका प्रवक्ता भोला श्रेष्ठ, मिडियाकर्मी रश्मी प्रधान लगायत विधिन्न खलः पुचका प्रतिनिधहरुको बाक्लो उपस्थिति रहेको थियो ।