धरान/ गत बिहिबार उर्लाबारीको नयाँ मंगलबारेमा भएको सडक दुर्घटनामा एक युवाको मृत्यु भएपछी सवारी साधन तोडफोड गर्ने ५ जनालाइ आज मोरङ जिल्ला प्रहरीले पक्राउ गरेको छ । 

गत २५ गते उर्लाबारी नगरपालिका वडा नं. ३ नयाँ मंगलबारे सडक खण्डमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे १ ख ३०७३ नम्बरको यात्रुबाहक बसले विपरित दिशातर्फ जाँदै गरेको प्रदेश नं.०१-०१-०१३ प २९० नं.को स्कुटरलाई अगाडीबाट ठक्कर दिंदा स्कुटर चालकको मृत्यु भएको थियो । 

मृत्यु हुनेमा  झापा कमल गाउँपालिका वडा नं २ बस्ने बर्ष ३३ को पवन सुबेदीको मृत्यु भएको हो ।

सुबेदीको उपचारको क्रममा मृत्यू भए पछि घटनास्थलमा स्थानीयले यात्रुबाहक सवारी साधनमा आगजनी गरेका थिए । 

आगजनीमा संलग्न भएको आरोपमा पथरी शनिश्‍चरे १ का प्रज्वल भन्ने गोकुल भण्डारी, वडा नम्बर ४ का  जिबन थापा,  वडा नं. ९ का मानव भन्ने अनमोल राई, वडा २ का आयुस रिजाल र मोहन कुमार मगर रहेका छन् ।

दुर्घटनामा बस चालक जिल्ला झापा कन्काई नगरपालिका वडा नं ३ का टंक प्रसाद सुबेदीलाई प्रहरीले नियन्त्रणमा लिईएको छ ।

 उनिहरुलाइ आपराधिक उपद्रव कसूरमा मोरङ जिल्ला अदालतबाट सात दिन म्याद थप भई अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।