धरान /  बजाजले नयाँ वर्षको अवसरमा ल्याएको उपहार योजना अन्तरगतको लक्की ड्र मा भोजपुरका तिर्थ बहादुर तामाङले १ केजि चादी हात पारेका छन् । 

बजाजले देशै भरी नयाँ वर्ष २०८० को अवसरमा फागुन १४ गते देखि जेठ १६ गते सम्म अफर लागू गरेको थियो ।

अफरमा बजाजको मोटरसाइकल खरिद गर्दा १० हजार देखि १ लाख रुपैया सम्म क्यास ब्याक योजना थियो भने प्रत्येक हफ्ता लक्की ड्र बाट १ केजि चादी पुरस्कार घोषणा गरेको थियो । अफर अन्तर्गत तामाङ्ले तेर्हौ विनरको रुपमा १ केजि चादी हात पारेका हुन् ।

बजाजको धरान स्थित आधिकारिक बिक्रेता अर्बिन एन्ड ब्रोदर्श अटोबाट गत चैत्र २८ मा १ सय ५० सिसिको पल्सर किनेका थिए । हप्तै पिच्छे खोलिने लक्की ड्र अन्तरगत जेठ १५ गते उनले एक लाख रुपैयाँ बराबरको चादी हात पारेका हुन ।

उनलाइ आज एक कार्यक्रमको आयोजना गरि धरान स्थित अर्बिन एन्ड ब्रदर्श अटो सोरुमका संचालक अर्बिन तामाङ्ले १ केजि चादी हस्तान्तरण गरेका छन् ।

तामाङका अनुसार हप्ता भरीबाट देशै भरीबाट बिक्री भएका मोटरसाइकल खरिद गर्ने ग्राहकहरु नामावली संकलन गरि गोलाप्रथाबाट छानिने गरिन्छ । 

यश वर्षको उपहार योजनामा पुर्वबाट धरान, इलाम, दुहबी, बिराटचोक र पथरीका डिलरबाट मोटरसाइकल खरिद गर्ने ग्राहकले चादी उपहार पाएका छन् ।