सुनसरी /  काठमाडौबाट उदयपुर तर्फ आउदै गरेको दुईवटा कारमा चट्याङ लाग्दा ७ जना घाइते भएका छन भने एकको अबस्था चिन्ताजनक रहेको  छ ।

उदयपुरको दुधौली नगरपालिका वडा नम्बर ४ लक्ष्मीपुरमा  वि ए वि ५५३९  र बागमती  प्रदेश –३ ०१  ०३२ प  ५८६० नम्बरको कारमा चट्याङ लागेर दुर्घटना हुँदा कारमा सवार ५ जना यात्रु र सोहि स्थानमा रहेको एक घरमा चट्याङ लाग्दा दुई जना घाईते भएका हुन । 

घाइते सबैलाई  प्राथमिक स्वास्थ्य केन्द्र सिर्थौली हस्पिटलबाट  प्राथमिक उपचार पश्चात् सिन्धुली अस्पताल र उदयपुरको कटारी अस्पताल रेफर गरिएको  दुधौली नगरपालिकाका उप मेयर चन्द्र किशोर थारुले जानकारी दिएका छन। 

दुर्घटना परेकी  अन्दाजी ६५ बर्षीय  माया बस्नेतको अवस्था भने चिन्ताजनक रहेको इलाका प्रहरी कार्यालय डकाहाले जानकारी दिएको छ।