सुनसरी/धरानस्थितसैनिक आवासीय महाविद्यालयमा एकदिने आधारभूत पत्रकारिता कार्यशाला सोमबार सम्पन्न भएको छ ।

कार्यशालामा विद्यार्थीहरूलाई कक्षा १० को नेपाली विषयको पाठ्यक्रममा समावेश भएका समाचार लेखन, घटना टिपोट र रिपोर्टिङ, सम्पादकीय, सम्पादकलाई चिट्ठी तथा प्रतिवेदन लेखनजस्ता विषयमा आधारभूत जानकारी दिइएको थियो ।

महेन्द्र बहुमुखी क्याम्पसका उपप्राध्यापक एवम् कोशीपत्रका सम्पादक राजेश विद्रोहीले विद्यार्थीहरूलाई सहजीकरण गरेका थिए ।

उनले त्यस क्रममा विद्यार्थीहरूलाई पत्रकारिताका विविध आयामबारे जानकारी प्रदान गरेका थियो ।

2

 कार्यशालामा सैनिक महाविद्यालयमा कक्षा १० अध्ययनरत् डेढ सयभन्दा बढी विद्यार्थी सहभागी थिए ।

 सहभागी विद्यार्थीहरू सोनम राई, अश्विन गौतम, प्रकृति सुवेदी, निशानी राई, प्रदेशिका मोक्तान र मञ्जिता श्रेष्ठले सोही कार्यक्रमको छोटो समाचार तयार पारेर कार्यक्रमको अन्त्यमा सुनाएका थिए ।

कार्यशालामा सहभागी विद्यार्थी अनुरागसिंह भण्डारीले विद्यार्थीहरूका लागि कार्यशाला फलदायी भएको धारणा प्रस्तुत गरे ।

उनले कार्यशालाबाट अफुहरूले सम्बन्धित विषयमा ज्ञान प्राप्त गरेको बताए ।

कार्यशालामा नेपाली विषय शिक्षकहरू पनि उपस्थित थिए ।

सम्बन्धित विषयका विज्ञहरूसँग अन्तरक्रिया गराई सिकाइलाई थप प्रभावकारी र कार्यमूलक बनाउने उद्देश्यले कार्यशाला आयोजना गरिएको महाविद्यालयका प्राचार्य रवीन्द्र थापाले बताए ।

1

महाविद्यालयले यस्ता कार्यक्रमलाई निरन्तरता दिइरहने थापाको भनाइ थियो ।

कार्यक्रमको संयोजन नेपाली विभाग प्रमुख मधुसूदन घिमिरेले गरेका थिए भने कार्यक्रम नेपाली विषय शिक्षक लेखजङ्ग घिमिरेले सञ्चालन गरेका थिए ।

तीन घण्टासम्म सञ्चालन भएको कार्यशालाको सुरुमा आयोजित औपचारिक कार्यक्रममा प्राचार्य थापा,

सम्पर्क अधिकृत सेनानी मन्दिप राई, सहायक व्यवस्थापकीय अधिकृत सेनानी पूजा श्रेष्ठ, भाइस प्रिन्सिपल र विभागीय प्रमुखहरू पनि उपस्थित थिए ।