सुनसरी / जिल्ला प्रहरी वृत्त काठमाडौंले जारी गरेको विज्ञप्ति अनुसार बेहुला पक्षले ५० लाख रुपैयाँ दाइजो माग्दै उपलब्ध नगराएको खण्डमा विवाह नै रद्द गर्ने धम्की दिए पछि बिबाहको मन्डपबाटै पक्राउ गरेको छ ।

 सुनसरीको दुहबी नगरपालिकाका अनुराग रौनियार पक्राउ परेका छन् ।

काठमाडौको वडा नम्बर १३ ताहाचल बस्दै आएका रौनियारलाइ बेहुली पक्षसँग ५० लाख रुपैयाँ दाइजो मागेको आरोपमा प्रहरिले पक्राउ गरेको हो ।

प्रहरीको अनुसन्धानबाट पटक पटक गरी २२ लाख रुपैयाँ बेहुला पक्षले बेहुली पक्षबाट लिइसकेको पनि खुलेको छ ।

विवाह समारोहमा जन्तीलाई उचित स्वागत नभएको र मागेजति दाइजो नपाएको भन्दै बेहुला पक्षले गाली बेइज्जती गर्दै हातपातसमेत गरेपछि प्रहरी वृत्त मालीगाउँले बेहुला रौनियारलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

आरोपित रौनियारमाथि विवाह सम्बन्धी कसूर मुद्दामा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गराई अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।