विराटनगर / प्रशासन सुधार कार्यदलले कोशी प्रदेश सरकारलाई प्रतिबेदन बुझाएको छ ।
कार्यदलले बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा एक समारोहका बीच मुख्यमन्त्री हिक्मत कार्कीलाई प्रतिवेदन बुझाएको हो ।

कोशी प्रदेश सरकारले चार महिना अघि २०७९ माघ ६ गते पूर्व सचिव चन्द्रकुमार घिमिरेको संयोजकत्वमा तीन सदस्य कार्यदल गठन गरेको थियो ।

कार्यदलका अन्य सदस्यहरुमा पूर्व प्रशासक बाबुराम पौडेल र मन्त्रिपरिषद् तथा मुख्यमन्त्री कार्यालका शासकीय सुधार महाशाखाका सचिव रहनु भएको थियो ।

कार्यदलको प्रतिवेदन बुझ्दै मुख्यमन्त्री कार्कीले कार्यदलले प्रतिवेदन मार्फत दिएका राय सुझावहरुलाई आगामि आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट मार्फत कार्यन्वयन गर्दै लैजाने प्रतिवद्धता व्यक्त गरे ।

उनले कार्यदलले दिएका सुझावहरु कार्यन्वयन गर्ने सवालमा प्रदेश सरकारका मन्त्री तथा सचिवहरुको महत्वपूर्ण भूमिका हुने जानकारी गराँउदै प्रतिवेदनलाई राम्रोसँग अध्ययन गरेर कार्यन्वयनमा लैजान पनि मन्त्री तथा सचिवहरुलाई निर्देशन दिएका छन् ।

कार्यदलले बुझाएको प्रतिवेदन बुधबारनै मुख्यमन्त्री कार्कीले कोशी प्रदेशका प्रमुख सचिव डा दीपक काफ्लेलाई कार्यन्वयका लागि हस्तान्तरण गरेका थिए ।