सुनसरि/  केही दिनदेखिको अविरल वर्षाको कारण आएको बाढि र पहिरोले सडक अवरुद्ध हुँदा कोशी प्रदेशका दुई राजमार्ग सहित तमोर करिडोरमा सवारी साधन ओहोरदोहोरमा समस्या भएको छ । 

विभागको पछिल्लो अध्यावधिक विवरण अनुसार मेची राजमार्ग, तमोर करिडोर र कोशी राजमार्ग अवरुद्ध छन्।

विभागका अनुसार केचना –चन्द्रगढी –चारआली –इलाम –फिदिम गणेशचोक, ताप्लेजुङ–ओलाङचुङगोलासम्म पुग्ने मेची राजमार्ग पूर्ण बन्द छ।

त्यस्तै पूर्वकै चतरा –मुलघाट –माझीटार –अमपारपुरडाँडा –गणेशचोक पुग्ने तमोर करिडोर अन्तर्गतको माझीटारमा अवरूद्ध हुँदा त्यो सडक पनि सञ्चालनमा छैन।

त्यस्तै  गरी देशको पूर्वी क्षेत्र रानी –विराटनगर, इटहरी –धरान –धनकुटा –हिले, लेघुवाघाट –तुम्लिङटार –खाँदबारी –नुम –किमाथाङ्का पुग्ने कोशी राजमार्ग पनि पहिरोको कारण अवरुद्ध छ।