विराटनगर/ मोरङको जहदा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ ।

बिहीबार गाउँपालिकामा भएको एक कार्यक्रमको बीच मोरङको जहदा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको हो ।  

गाउँपालिकाको क्षेत्राधिकार भित्रका सबै बालबालिकाहरूलाई नेपाल सरकारद्वारा तोकिएको १३ प्रकारका खोप गाउँपालिकाका ७ वटै वडाहरूमा लगाइसकिएको गाउँपालिकाले जनाएको छ ।

कार्यक्रममा पूर्ण खोपको दिगोपनका लागि स्वघोषणापत्रमा हस्ताक्षर समेत गरिएको थियो ।

गाउँपालिका अध्यक्ष जितेन्द्र प्रसाद शाहको अध्यक्षतामा भएको कार्यक्रममा जहदा गाउँपालिकाका उपाध्यक्ष हन्ना सोरेन ,

प्रमुख प्रशासकिय अधिकृत दुर्गा प्रसाद न्यौपाने,  स्वास्थ्य शाखा प्रमुख राज कुमार दास गाउँपालिकाका वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरू, शाखा प्रमुखहरू, स्वास्थ्य चौकी इन्चार्जहरू,

सात वटै वडाका महिला स्वास्थ्य स्वंयमसेविकाहरू, कर्मचारी तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो । खोपबाट दिर्ग रोगका साथै साधारण रोगबाट बच्ने भएका कारणले अनिवार्य वालवालिकालाई लगाउन सचेत नागरिकले सहयोग गर्नुपर्ने स्वास्थ्य शाखा प्रमुख राजकुमार दासले बताउनुभयो ।