सुनसरी/ कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले शपथ लिएका छन्। उनलाई प्रदेश प्रमुख पर्शुराम खापुङले पद तथा गोपनीयताको शपथ गराएका हुन्।
बिहीबार कोशी प्रदेशको पाँचौ मुख्य मन्त्रीमा नेपाली काँग्रेसका थापा चुनिएका थिए।
प्रदेशका मुख्य मन्त्री बनेका नेपाली काँग्रेसको कोशी प्रदेश सांसदीय दलका नेता थापाको राजनीतिकलाई संक्षेपमा भन्नुपर्दा उनी नेपाली काँग्रेसका पुराना कार्यकर्ता हुन् ।
झापा जिल्लाका बासिन्दा उद्धव थापाले बीपी कोइरालाको सुरक्षा दस्ता हुदै काँग्रेस प्रदेश सभापति सम्मको तय गरिसकेका छन् ।
२०३४ सालमा विद्यार्थी राजनीतिबाट राजनीतिक यात्रा शुरु गरेका थापा दुई कार्यकाल सभापति, २०३६ सालको जनमत संग्रहमा पञ्चायती व्यवस्था विरुद्ध बहुदलीय व्यवस्था स्थापनाका लागि उनी प्रचार अभियानमा सक्रिय भएर लागेका थिए ।
बीपी कोइरालाको सुरक्षा दस्तामा सहभागी भएका थापा नेपाली काँग्रेस अर्जुधारा गाउँपालिकाको सचिव र सभापति भएर एक एक कार्यकाल कुशलतापूर्वक सम्पन्न गरेका थिए ।
झापा क्षेत्र नं. २ को क्षेत्रीय सभापति, जिल्ला सचिव, जिल्ला उपसभापति र दुई कार्यकाल जिल्ला सभापतिको काम गरेका थिए । थापा दोस्रो जनआन्दोलनका क्रममा पक्राउ परेका थिए ।
तत्कालीन साही नेपाली सेनाको मातहतमा रहेको युनिफाइड कमाण्डले पक्राउ गरेर झापा चारआलीस्थित सैनिक व्यारेकमा राखेर उनलाई यातना दिइएको थियो ।
थापाले वाणिज्य शास्त्रमा स्नातक गरेका छन् ।
दुई पटक प्रतिनिधिसभा निर्वाचनमा परिजित भोगेका थापा हाल नेपाली काँग्रेसको कोशी प्रदेश संसदीय दलका नेता रहेका छन् ।
कुल ९३ सांसद रहेको कोशी प्रदेशसभामा वहुमतका लागि ४७ मत आवश्यक पर्छ ।
कोशीमा गठबन्धन दल काँग्रेसको २९, माओवादी केन्द्रको सभामुख सहित १३, नेकपा एसको ४ र जसपाको १ गरी ४७ मत छ ।
एक महिनाभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ, यद्यपि उनले विश्वासको मत नपाए संविधानको धारा १६८ को उपधारा ३ अनुसार ठूलो दलको हैसियतले नेकपा एमालेकै नेतृत्वमा सरकार गठन हुनेछ ।




















