विराटनगर/ नवगठित कोशी प्रदेशको मन्त्रीमण्डलमा तीन जना मन्त्री थपिएका छन् । 

मुख्यमन्त्री उद्धव थापाले आज तीन जना मन्त्री थपेका छन् ।

थापाले माओवादीबाट जीवन आचार्य र राजेन्द्र कार्की, नेपाली काङ्ग्रेसबाट रामकुमार खत्रीलाई मन्त्रीमा नियुक्त गरेका हुन ।

उनिहरुले पद तथा गोपनीयताको शपथ लिएका छन्। आचार्यलाई आर्थिक मामिला तथा योजना मन्त्रीको जिम्मेवारी दिइएको छ भने अरु विनाविभागीय छन् ।