धरान/ सुनचाँदी ब्यबसायी एक युवाले आत्मदाहको प्रयास गरेका छन् ।

 धरान उपमहानगरपालिका वडा नं. २ भानुचौकमा एक युवकले आत्मदहको प्रयास गर्दै गर्दा जिल्ला ट्राफिक प्रहरी कार्यालयका एक प्रहरी जवानले जोगाएर प्रहरीमा जिम्मा लगाएका छन् ।

धरानको मुटु भानुचौकस्थित लोकतान्त्रिक चौतारीमा धरान ३ का यौमन खड्गी नाम गरेका युवकले शरीरमा मटितेल खन्याएर आत्मदहको प्रयास गर्दा ती जवानले जोगाएका हुन् ।

अहिले उनलाई इलाका प्रहरी कार्यालय धरानले नियन्यत्रमा लिएको डिएसपी नवराज मल्लले बताए ।

उनले आफू बाहिर भएकोले आफूले समेत सुनेको र पुगेपछिमात्र विस्तृत जानकारी हुने बताए ।

धरानको भानु चोकमा आज धरान ३ माछाभौडीका यौवन खड्गीले आत्मदाहको प्रयास गरेका हुन् ।

३ नम्बर वडाका वडाध्यक्ष विद्या शाक्यका अनुसार आत्मदाह प्रयास गरेका खड्गीलाई प्रहरीले उद्धार गरी इलाका प्रहरी कार्यालयमा लगेका छन् ।

  शाक्यका अनुसार  खड्गी धरान ३ जयन्ती स्टोरका संञ्चालक हुन ।

लेनदेनको विषयलाई लिएर आफूलाई केही व्यक्तिहरूले तनाव दिएको भन्दै आत्मदाहाको प्रयास गरेको  उनलाई उदृत गर्दै शाक्यले बताए ।