धरान/  बाढीको उच्च जोखिमलाई मध्यनगर गरी धरान उपमहानगरपालिका वडा नं. १४ को अगुवाई स्थानीयको सक्रियतामा खोलामा तट्बन्धन कार्य शुरु गरेका छन् ।

धार्मिक पर्यटकीय क्षेत्र विजयपुरमा प्रत्येक शुक्रबार सरसफाइ अभियान गर्दै आएका वडाबासीले अब भने प्रत्येक शनिवार श्रमदान गर्ने भएका हुन् ।

धरान १४ लाई पर्यटककको रोजाइमा पार्नका लागि अब नियमित श्रमदान गर्ने जनाइएको छ ।

IMG_20230715_084153_1

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले धरानमा श्रम सँँस्कृतिको विकास गरेसँगै वडाहरुले पनि त्यसको अनुशरण गर्न थालेका छन् ।

केही समय अगाडि धरान ४ का स्थानीयहरुले धरान ४ र १४ को सीमामा रहेको सेती खोलामा श्रमदानबाट तटबन्दनको काम गरे लगत्तै धरान १४ ले पनि सोही क्षेत्रमा तटबन्धन शुरु गरेको हो ।

जोखिम न्यूनिकरणका लागि स्थानीयबासी सक्रिय भएर तटबन्धनलाई निरन्तता दिएका हुन् । 

बर्षाद्को समयमा सेउतीबाट धेरै जनजनको क्षति नहोस् भन्ने उद्देश्यले तारजालीसहितको तटबन्धन बनाइएको धरान उपमहानगरपालिकाकी वडा सदस्य झरना मुखियाले बताइन् ।

श्रमदानमात्र हैन खेलामा लाग्ने जाली, जेसिभी सहयोग समेत स्थानीयहरुले गरेका छन् ।

तटबन्धनमा लाग्ने १७ वटा जाली धरान १४ कै याख्या समितिका अध्यक्ष निरकुमार राई र सचिव केवी राईले सहयोग पु¥याएका हुन् भने जेसिवी स्थानीय नविन केसीले सहयोग पुर्‍याएका हुन् ।

बर्खाका आएको बाढीबाट क्षति न्यूनिकरण गर्न सहयोग गरिएको सहयोगी दाताहरुले बताएका छन् ।

धरान १४ बाट ४ जोड्ने सडकहरु धेरै भएपनि जीर्ण भएको उनीहको भनाई छ । स्थानीय सरकारले यहाँकै ढुंगा, बालुवा लगायतका निर्माण सामाग्रीमा चाहिने कुराहरु प्रयोग गरेपनि सडकको स्तरोन्नति गर्ने काममा भने तदरुकता नदेखाएको सहयोग गन निरकुमार राई र केवी राईले बताएका छन् ।

प्रत्येक हप्ता गरिने यो श्रम अभियान अन्तर्गत विभिन्न प्रकारका वृक्षरोपण गर्ने र सँगैसँगै संरक्षण गर्दै लाने योजना अगाडि बढाइएको धरान १४ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले बताए ।

भविष्यमा यस ठाउँमा जलकुण्डसहितको रमाइलो पार्क, पञ्चकन्या जंगलमा मिनी जु लगायतका परिकल्पना समेत गरिएको उनको भनाई छ । स्थानीय सरकारमा बजेट कम भएका कारण श्रमदानबाट नै यस्ता कामहरुलाई निरन्तता दिदै जाने वडाध्यक्ष भट्टराईको भनाई छ ।

यो खोलामा एउटा झोलुंगे पुल रहेको छ । यसले धरान १४ र ४ लााई जोड्ने काम गरेको छ ।

धरान १४ विजयपुरसँग धरान ४ को घोर्लेनी, हर्दिया, दानाबारी लगायतका ठाउँलाई जोडेको छ । विजयपुरको विकास भए यी ठाउँको समेत विकास हुने पक्का छ ।  भविष्यमा यसलाई पक्की सडकसँगै पुल निर्माण गर्ने योजना समेत वडा कार्यालयले अगाडि बढाएको छ ।