धरान/ सुनपसलको लेनदेनको बिषयमा केही ब्यक्तिहरुले मानसिक तनाव दिएको भन्दै धरानका एक सुन ब्यापारीले भानुचोक मा आत्मादह गर्ने प्रयास गरेका छन् ।

शरीरमा पेट्रोल छर्केर आगो लगाउन खोज्दा ट्राफिक प्रहरीले रोकेका छन् । 

 धरान ३  स्थित जयन्ती स्टोरका संचालक  यौवन खड्गीले आत्मदाह प्रयास गरेको तीन  नम्बर वडाका वडाध्यक्ष विद्या शाक्यले बताएका छन् ।

सुन पसलमा बचत सङ्कलन गर्ने गरेको र बचतकर्ताहरूको बचत रकम  फिर्ता नगरेको भन्दै विवादित बनेका उनी उक्त लेनदेनको विषयलाई लिएर आफूलाई केही व्यक्तिहरूले तनाव दिएको भन्दै आत्मादह को प्रयास गरेको प्रारम्भिक जानकारी आएको प्रहरीले जनाएको छ ।

खड्गी लाइ ईलाका प्रहरी कार्यालय धरान लगिएको छ ।