धरान / प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको स्मृतिमा नेपाली काँग्रेस सुनसरी क्षेत्र नं. १ र धरान उपमहानगर समितिले धरानमा कार्यक्रमको आयोजना गरेका छन् ।

नगरसमिति र सुनसरी क्षेत्र नं. १ को संयुक्त आयोजनामा धरान १३ र २० मा रहेको बीपी स्मृति पार्कमा राखिएको बीपीको शालिकमा माल्यार्पणसँगै वृक्षारोपण कार्यक्रमको आयोजना गरिएको छ ।

कोशी प्रदेशका विना विभागीय मन्त्री एवम् नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदिप सुनुवारको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।IMG_20230722_114832

 सो अवसरमा बोल्दै मन्त्री सुनुवारले नेपाली काँग्रेसमा आवद्ध जो कोहीले वीपीले प्रतिपादन गरेको सिद्धान्त अहिले पनि सान्दर्भिक भएकोले अंगालेर जानुपर्नेमा जोड दिएका थिए ।

उनले बीपीले प्रजातान्त्र स्थापनाका लागि गरेको कठोर संघर्षको योगदान स्मरण समेत गरेका थिए ।

नेपाली साहित्य क्षेत्रमा समेत महत्वपूर्ण योगदान दिएका पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको जन्म १९७१ भदौ २४ गते भएको थियो ।IMG_20230722_124035

 विसं २०१५ को संसदीय निर्वाचनपछि २०१६ जेठमा उनीँ पहिलो निर्वाचित प्रधानमन्त्री बनेका थिए । 

उनको २०३९ साउन ६ गते आजकै दिन निधन भएको थियो । बीपीको निधनको भएको दिन पारेर नेपाली काँग्रेसले प्रत्येक बर्ष स्मृति दिवस मनाउदै आएको छ ।

सो अवसर पारेर नेपाली काँग्रेसले ‘ग्रिन एण्ड क्लिन धरान अभियान’ अन्तर्गत धरानका विभिन्न ठाउँमा विभिन्न जातका वृक्षरोपण गरिएको नेपाली काँग्रेस सुनसरी क्षेत्र नं. १ का सभापति सुजेन्द्र तामाङले बताए ।

 अभियानमा नेपाली काँग्रेस धरान नगर समितिका पदाधिकारी, सुनसरी क्षेत्र नं. १ (१) र १ (२) का पदाधिकारी, काँग्रेसबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि, कार्यकर्ताहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।