धरान / संक्रमित विरामी बढ्दै जाँदा विरामीलाई चाहिने रगतका अहिले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हाताभित्र सञ्चालित नेपाल रेडक्रस सोसाइटी सुनसरीले सञ्चालन गरेको रक्त सञ्चार सेवामा अभाव छ ।
डेंगु संक्रमण बढ्दै गएपछि अहिले रक्त सञ्चार केन्द्रले विभिन्न संघ संस्थालाई रक्तदान कार्यक्रम गर्न आग्रह गर्दै आएको छ ।
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा धरान लगायत आसपासका जिल्लाबाट अत्याधिक डेंगुका विरामी आउन थालेका छन् । विरामी बढेकै कारण विरामीलाई चाहिने रगत रक्त सञ्चार केन्द्रमा अभाव छ ।
अहिले केन्द्रले धरानका सामाजिक सघ संस्थासँग सहकार्य गरेर रक्तदान कार्यक्रमलाई तिब्रता दिएको छ ।
एक दिन अगाडि रक्त सञ्चार केन्द्रले मधेशी सेवा समाजलाई अनुरोध गरेर रक्तदान कार्यक्रमको आयोजना गर्यो ।
सो रक्तदान कार्यक्रमबाट ५१ पिन्ट रगत संकलन भयो ।
यस्तै त्यसको भोलिपल्ट सुनसरी उद्योग वाणिज्य संघसँग सहकार्य गरेर रक्तदान कार्यक्रम गर्दा ४९ पिन्ट रगत संकलन भयो ।
धरानमा मात्र २ हजार भन्दा बढी डेगुका विरामी रहेका छन् भने बीपीमा अन्य ठाउँबाट पनि डेंगुका विरामी आउने गरेका छन् ।
डेंगु विरामीलाई प्लेटलेस हुदा विरामीलाई तत्काल रगत चढाउन ब्लड बैंकमा रगत नभएको नेपाल रेडक्रस सोसाइटी सुनसरीका सभापति उमेश थापाले बताए ।
रक्तदानबाट संकलित रगतले विरामीलाई उपचारमा केही सहज पुग्ने उनको भनाई थियो ।
बीपी आफैले सञ्चालन गरेको रक्त सञ्चार सेवा र रेडक्रसले सञ्चाल गरेको केन्द्रमा रगतको अभाग चुलिदै गएपछि केन्द्रले रक्तदान गर्न अनुरोध गरेका कारण रक्तदान कार्यक्रमको आयोजना गरिएको रक्तदानसुनसरी उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष गोपाल श्रेष्ठले बताए ।
बीपीको रक्त सञ्चार केन्द्रमा सबै खालका ब्लड ग्रुपको अभाव रहेको छ ।
अहिले विरामी अत्याधिक बढेपछि बीपीले डेगु विरामीका लागि छुट्टै स्थानबाट उपचार थालेको छ ।
विगतको कोभिड अस्पताललाई डेगु डेडिकेट अस्पतालको रुपमा उपचार शुरु गरेको हो ।
तर त्यहाँ आउने विरामीले पाउने सुविधाका विषयमा विरामीहरु भने सन्तुष्ट छैनन् । रगत अभावले विरामी समस्यामा परेका छन् ।