विराटनगर/  नेपाली काँग्रेसका जेष्ठ सदस्य गयानन्द मण्डल राज्यमन्त्रीमा नियुक्त भएका छन् ।

मण्डल कोशी प्रदेश सरकारको उद्योग, कृषि तथा सहकारी राज्यमन्त्रीमा नियुक्त भएका हुन् ।

प्रदेश प्रमुख परशुराम खापुङको उपस्थितिमा कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले उद्योग, कृषि तथा सहकारी राज्यमन्त्रीमा नियुक्त भएका मण्डललाई पद तथा गोपनियताको सपथ आजै गराएका छन् ।

कोसी प्रदेश अहिले सभामुखविहीन छ। सभामुख बाबुराम गौतमले पदबाट राजीनामा दिएर सरकार गठनमा सहभागी बनेपछि सभामुखविहीन बनेको हो। नयाँ सभामुख चयनको प्रक्रिया भने अघि बढाइएको छैन। 

साउन १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थापाले भदौं १३ गतेभित्र विश्वासको मत लिनुपर्ने बाध्यता छ ।

तत्कालीन सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर कठिन बहुमतसहित मुख्यमन्त्री नियुक्त भएका थापाले भदौ १ गतेबाट  प्रदेश सभा बैठक बोलाएका छन् ।