धरान/ नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुनसरीको धरानमा सोमबार हुने भनिएको मुख्यमन्त्री उद्धव थापा र स्वास्थ्य मन्त्री निर्मला तावा लिम्बुको कार्यक्रम स्थगित भएको छ ।

धरानमा अत्याधिक रुपले फैलिएको डेंङगु माहामारीलाई कसरी नियन्त्रण गर्न सकिन्छ भनेर सर्वदलीय तथा सर्वपक्षीय छलफल गर्नका लागी कोशि प्रदेशका मुख्य मन्त्री थापा र स्वास्थ मन्त्री लिम्बु 

 आउने कार्यक्रम तय भए पनि पहिचानवादिले कालोमोसो दल्ने चेतावानि दिएपछि उक्त सर्वदलीय छलफल कार्यक्रम स्थगित भएको रेडक्रसका शाखा अधिकृत किरण कार्कीले बताएका छन ।

उक्त छलफलका लागि निर्धारण गरिएको ११ बजेको समयमा कोशी प्रदेश खारेज संर्घष समितिका प्रतिनिधिहरुले कार्यक्रम स्थल पुगेर चेतावानि दिएपछि सो कार्यक्रम पहिचानवादिका कारण हुन नसकेको कार्कीले जानकारी दिएका छन् ।

पहिचानवादि संर्घष समितिका प्रतिनिधिले कार्यक्रम बहिष्कार र कालोमोसाे दल्ने बताउनुको साथै उनले कोशी प्रदेश सभाका ८२ जना सांसदलाई सार्वजनिक कार्यक्रमा विरोध तथा बहिष्कार गर्ने बताएका छन ।

 संर्घष समितिका प्रतिनिधिहरुले कोशि प्रदेश नाम खारेज गरि नयाँ नामकरण हुनुपर्ने माग राख्दै आएका छन ।                          साभार: काेशी पत्र