धनकुटा/ आर्थिक अभावका कारण धनकुटाकी एक महिलाले मुटुको शल्यक्रिया गर्न पाएकी छैनन् । 

आर्थिक अभावकै कारण धनकुटा नगरपालिका–८ सन्ताङ्की ५७ बर्षीया टेसमाया राईले उपचार गर्न नपाएकी हुन् ।

उनको मुटुको भल्ब फेर्नुपर्ने चिकित्सकले सुझाएका छन् ।

एक महिना अघि नै मुटुको समस्या भएर धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराउने क्रममा भल्व फेर्नुपर्ने चिकित्सकले भने पनि आर्थिक अभावमा उनले भल्व फेर्न सकेकी छैनन् ।

पीडित राईका अनुसार उपचारका लागि चारलाख चाहिने बताइन् ।

आर्थिक अभावका कारण उपचार गर्ने रकम नभएकै कारण उपचार गराउन नसकिएको राईका श्रीमा अइन्द्रबहादुर राईले जानकारी दिए ।

उनले भने–‘हामीसँग त्यत्रो पैसा छैन, पैसा नभएकै कारण उपचार गराउन सकिएको छैन ।’ उनले उपचारमा सहयोग गर्न सबैसँग अनुरोध समेत गरेका छन् ।

केही समय अगाडि राईकी छोरीको टाउको र मेरुदण्डको समस्या हुदा १४ लाख खर्च भएको राई परिवारले बताएको छ ।

राईका भन्छन्–‘छोरीको उपचारमा सबै जायजेथा सकियो, अहिले श्रीमतिको उपचार गर्ने पैसा नै छैन, सहयोग गरिदिए उपचार गर्ने थियौ ।’