बिराटनगर/ कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आजै विश्वासको मत लिने भएका छन् ।

सोमबार दिउँसो बसेको सत्ता गठबन्धनको बैठकले विश्वासको मत लिने निर्णय गरेको हो ।

संविधानको धारा १८८ अनुसार विश्वासको मत लिन लागिएको इन्द्र  आङ्बोले बताए । 

प्रदेशसभा बैठक कांग्रेस सांसद ईस्राईल मन्सुरीले सञ्चालन गर्ने भएका छन् ।

उपसभामुखले आह्वान गरेको बैठकले अरुले स्थगित गर्न नमिल्ने भएकाले सोमबार नै विश्वासको मत लिने निर्णय भएको कोशी प्रदेश, माओवादी संसदीय दलका नेता आङ्बोले जानकारी दिए ।