विराटनगर/  विराटनगरमा ‘चौथो विद्यालयस्तरीय बास्केटबल’ प्रतियोगिता शुक्रबारदेखि सुरु भएको छ । 

विराटनगर बास्केटबल एकेडेमीले आयोजना गरेको प्रतियोगिता भदौ १५ शुक्रबार देखि सुरु भएको हो ।

खेलको विकास र विद्यार्थीहरुलाई खेलकुदप्रति आकर्षित गर्दै उनीहरुको व्यक्तित्व विकास गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको प्रतियोगिताका संयोजक त्रिलोक बाँस्तोलाले जानकारी दिए । 

विद्यालयस्तरबाट खेलप्रति आकर्षित गराउन सके राम्रो खेलाडी उत्पादन गर्न सकिने बताउँदै, संयोजक बाँस्तोलाले भने, ‘खेलकुदले एउटा खेलाडी उत्पादन मात्रै गर्ने नभई एउटा सभ्य समाज निर्माणमा ठूलो टेवा पुग्छ ।

खानैदेखि खेलकुदप्रति आकर्षित गर्न सके युवापुस्ता लागुऔषध दुव्र्यसनी हुनबाट जोगाउन सकिन्छ ।’   

भदौ २९ गतेसम्म हुने प्रतियोगितामा विराटनगरका ८ वटा निजी तथा सामुदायिक विद्यालयले सहभागिता जनाएको छ ।

सगरमाथा, बिकेभिएम, डिपिएस, डनबोस्को, एभरेष्ट, अरनिको, पोखरिया, सेन्टजोसेफ स्कुलको सहभागिता रहेको छ । 

होम एण्ड अवेका आधारमा हुने प्रतियोगितामा दुई समूहमा विभाजन गरी लिग खेल हुने छन् ।

प्रतियोगिताको विजेता तथा उपविजेताले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् भने व्यक्तिगत म्यान अफ द म्याच र सर्वोत्कृष्ट खेलाडीले पुरस्कार प्राप्त गर्ने छन् ।

गत वर्ष बिकेभिएम स्कुलले उपाधि जितेको थियो । शुक्रबार एभरेष्ट स्कुलको कोर्टमा हुने उद्घाटन खेल एभरेष्ट र डिपिएस स्कुलबीच भएको छ ।