धरान/  होटल मेनेजमेन्ट अध्ययनमा उत्कृष्ट रहेको धरानको युएन नवोदय कलेजले कक्षा ११ का विद्यार्थीहरुलाई होटल मेची क्राउनमा अध्ययन अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । 

विद्यार्थीहरुलाई फाइभ स्टार तहका होटलहरुको अध्ययन तथा अवलोकन गराउने क्रममा झापाको धुलाबारीमा फाइभ स्टार होटल मेची क्राउनमा अध्ययन अभिमुखीकरण कार्यक्रम गरेको हो ।

कोसी प्रदेशकै एक मात्र फाईभ स्टार होटलको रुपमा परिचित मेची क्राउन होटलको सगरमाथा हलमा आयोजना गरिएको कार्यक्रममा विद्यार्थीहरुलाई होटल म्यानेजमेन्टको बारेमा जानकारी गराइएको छ ।

unnavodaye

क्याम्पस प्रमुख डम्बर कुमार तुम्बापोले नव आगन्तुक विद्यार्थीहरुलाई स्वागत गर्दै होटल म्यानेजमेन्टको क्षेत्रमा करियर बनाउनको लागि गन्तव्य पहिल्याउन सजिलो होस भन्ने उद्देश्यले पाच तारे होटलको अवलोकन गराइएको बताए ।

उनले भने, ‘अवलोकन गरेपछि पाचतारे होटल कस्तो हुदोरहेछ, सिस्टम कसरी सञ्चालन हुदोरहेछ भन्ने ज्ञान विद्यार्थीलाई भएको छ जसले गर्दा विद्यार्थीहरु उत्साहित भएका छन् ।’

कलेजका म्यानेजिङ डाइरेक्टर ज्ञानेश्वर झाले सफलता सजिलै हात नलाग्ने हुदा अहिलेदेखि नै कडा मिहिनेतका साथ अध्ययन गर्न विद्यार्थीहरुलाई सुझाएका थिए । उनले युएन, नवोदय हस्पिटालिटी इण्डष्ट्रीजको पर्याय भएको बताए ।

un-collage

कलेजका होटल म्यानेजमेन्ट कोअर्डिनेटर गगनमान श्रेष्ठले कक्षामा पढाइएको सैद्धान्तिक कुरालाई स्टार होटलमा ल्याएर प्रत्यक्ष अवलोकन गराउदा विद्यार्थीहरुले स्पष्ट बुझेको बताए ।

फुड एन्ड बेभरेज म्यानेजर अनुपजङ डाँगीले विद्यार्थीहरुलाई होटलको परिभाषाका साथै होटल मेची क्राउनको विभिन्न विभागको बारेमा जानकारी गराएका थिए ।

पहिलो पटक फाइभ स्टार होटल भिजिट गरी अवलोकन गरेर धेरै कुरा जान्न पाएको कक्षा–११ होटल मेनेजमेन्टकी छात्रा नुयाङ राईले बताईन् ।

कक्षा–११ कै अर्की छात्रा अमृता राईले फाइभ स्टार होटल हुनको लागि के के हुनुर्छ भन्नेबारे थाहा पाउनुका साथै अन्य कुराको जानकारी पाएको बताइन ।

अवलोकन भ्रमणमा कलेजका अध्यापकहरु राम लिम्बू, नाम्लिङहाङ चेम्जोङ, अनिमेष बाँस्तोला, सिर्जना लिम्बू लगायतको सहभागिता थियो ।

अवलोकन भ्रमणमा कक्षा–११ होटल म्यानेजमेन्टका १ सय ५७ जना विद्यार्थीहरु रहेको कलेजले जनाएको छ ।