धरान/ आउँदै गरेको पर्वहरुको शुभकामना लिएर धरान वडा नम्बर १० का वडाअध्यक्षले वडावासीको घर घरमै पुगेर सम्मान सहित शुभकामना आदान प्रदान गरेका छन् । 

वडाअध्यक्ष विवेक राईले वडाका ८० वर्षमाथिका ज्येष्ठ नागरिकलाई सम्मान गरेको छन् भने वडावासीमा शुभकामना दिएका हुन् ।

वडाका जनप्रतिनिधिहरु सहित उनले ज्येष्ठ नागरिकलाई मायाको चिनो प्रदान गरे ।

नागरिकले प्राप्त गर्दै आएको सामाजिक सुरक्षा भत्ता नवीकरणको सुविधा समेत घरघरमै प्रदान गरेको वडाध्यक्ष राईले बताए । वडाका ३९ ज्येष्ठ नागरिकलाई अभिनन्दन गरेका थिए ।

कतिपय बाआमा असक्त, बिरामी पनि भएकाले घरमै पुगेर चाडपर्वको शुभकामना सहित वडाबाट प्राप्त गर्ने नवीकरणको सेवा प्रदान गरिएको उनले बताए ।

वडाध्यक्ष राईले यो सुविधा हामीले पहिलो पटक सुरुवात गरेको बताउँदै निरन्तरता दिने पनि बताए । वडामा ८० वर्ष उमेरमाथिका ३९ जना ज्येष्ठ नागरिक मध्ये  १८ जना महिला र २१ जना पुरुषलाई सम्मान गरिएको हो । 393174947_895230205360717_4612260243072559376_n