धरान/  करिब २० वर्ष देखि धरानमा एयरपोर्ट बनाउने विषयले पटक पटक चर्चा पाउने गरेको छ । तर एयरपोर्ट बनाउने आश्वासन हावासरी नै हुँदै आएको छ । 

धरान १७ स्थित डाँडाघोपामा एयरपोर्ट बनाउने भनेर करिब २० वर्ष अघि यति इन कर्पोरेटले खरिद गरेको जग्गा स्थानीयले फिर्ता माग्न थालेको पनि १५ औं वर्ष भइसकेको छ ।

एकातिर सरकारमा पुग्दै पिच्छे दलका मन्त्रीहरुले धरानमा एयरपोर्ट बनाउने आश्वासन दिन पनि छाडेका छैनन् अर्को तिर बनाउने भनेर स्थानीयलाई सुनिश्चित पनि गराउन सकेका छैनन् । 

डाँडा घोपामा यति इन्कर्पोरेट प्रालिले करिब ७ बिघा जग्गा खरीद गरेर एयरपोर्ट बनाउने प्रक्रिया अघि बढाएको थियो ।

एयरपोर्ट निर्माण नभए खरीद गरेकै मुल्यमा जग्गाधनीलाई फर्काउनुपर्ने लिखित सम्झौतामा तत्कालिन धरान नगरपालिका साक्षी बसेको थियो । यो बीचमा २ वटा सम्भाव्यता अध्ययन भयो ।

तर, एयरपोर्ट बन्छ भन्ने सुनिश्चितता हुन सकेको छैन । पछिल्लो पटक ४२ सिटे हवाईजहाज अवतरण हुने एयरपोर्टको अध्ययन गर्दा ९३ दशमलव २५ बिघा जमिन आवश्यक पर्ने प्रतिवेदन आएको थियो ।

सोही प्रतिवेदन अनुसार एयरपोर्टको लागि जग्गा निःशुल्क उपलब्ध गराउन नागरिक उड्याउन प्राधिकरणले उपमहानगरपालिकालाई पत्राचार गरेको थियो । जुन जग्गा प्राप्तीको हिसाबले सम्भव नै थिएन ।

प्रस्तावित एयरपोर्ट क्षेत्रका जनताको जग्गा एयरपोर्टको नाममा रोक्का हुँदा स्थानीयमा चर्को असन्तुष्टी थियो ।

तर नेताहरु भने अझै एयरपोर्टको सपना बाँड्न छोडेका छैनन् । चुनावी एजेण्डा बन्ने गरेको छ, एयरपोर्ट । जनतामा भने धरानमा एयरपोर्ट बन्छ भन्ने विश्वास छैन । अहिले फेरि धरानको एयरपोर्टको चर्चा छ ।

पछिल्लो समय एयरपोर्ट बनाउन जग्गा दिएका स्थानीयहरुले जग्गा फिर्ताको मागलाई चर्को रुपमा उठाइरहेका छन् । पटक पटक धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईलाई एयरपोर्ट बनाउन नसक्ने भए जग्गा फिर्ता गराईदिन आग्रह गर्दै आएका छन् । मेयर राईले पनि तत्कालिन एयरपोर्ट बनाउन पहल गर्ने सम्बन्धीत व्यक्तिहरुलाई छलफलमा पनि डाकि सकेका छन् । तर कुनै प्रभावकारी कार्य अघि बढ्न सकेको छैन् । 

विहिबार एकाएक पर्यटन मन्त्री सुदन किरातीले सामाजिक संजालमा धरानमा विमानस्थल निर्माण अध्ययन समिती तत्काल गठन गर्न नागरिक उड्डयन महानिर्देशकलाई निर्दैशन दिएको बताए पनि पुनः एयरपोर्टको चर्चा हुन थालेको हो । 

यता मेयर राईले पनि धरानमा विमानस्थल निर्माण गर्न आवश्यक पहल तथा सहजीकरण गर्न आग्रह गर्दै मन्त्रालयलाई बुधबार पत्राचार गरेका थिए ।

पत्र पठाएकै भोलीपल्ट विहिबार मन्त्री किरातीले अध्ययन समिति गठन गर्न महानिर्देशकलाई निर्देशन दिएको सामाजिक सञ्जाल फेसबुक पेजबाट जानकारी दिएका हुन् । 

आएपछि यतिलाई पत्राचार गरेका थिए । यतिले कार्तिक ९ गते उपमहानगरपालिकालाई पत्राचार गर्दै जग्गा खरिद गरेर विमानस्थल बनाउने प्रयास गरेपनि अनुमति नपाएको जवाफ दिएको थियो ।

यतिको यो जवाफ पछि मेयर साम्पाङले कार्तिक २२ गते यतिले पठाएको पत्रसहित धरानमा एयरपोर्ट निर्माणको लागि आवश्यक पहल तथा सहजीकरण गर्न आग्रह गर्दे मन्त्रालयमा पत्राचार गरेका थिए । 

मन्त्री किराँतीको एयरपोर्ट स्ट्याटस आएपछि फेसबुकमा पुराना कुराहरू सरोकारवालाहरूले उल्लेख गर्न थालेका छन् ।

स्ट्याटसलाई लिएर नेकपा एमालेका नेता मुरारी सुवेदीले लेखेका छन् ‘धरानका मेयर सावले चिठ्ठी लेखेपछि मन्त्री सुदन किराँती ज्यू, धरान विमानस्थलबारे अध्ययनको आदेश होइन विगतमा पटक पटक करोडौँ खर्च गरेर विषयगत अध्ययन गरी मन्त्रालयमा थन्किएका रिपोर्ट सार्वजनिक गर्नुहोस्, अध्ययनका नाममा फेरी लाखौँ करोडौँ खर्च गर्ने बाटो नखुलाउनु होस ।’

धरान १७ स्थित डाँडाघोपामा विमानस्थल बनाउने भन्दै यति इनकर्पोरेट प्रालिले दुई दशकअघि स्थानीयबासीसँग सस्तो मुल्यमा जग्गा खरिद गरेका थियो ।

तत्कालिन नगर प्रमुख कुमारबहादुर कार्की, पुर्वनगरप्रमुख मनोजकुमार मेन्याङ्बो लगायतको पहल र रोहबरमा विमानस्थल निर्माण नभए यतिले खरिद गरेकै मुल्यमा जग्गा साविक जग्गाधनीलाई फिर्ता गर्ने लिखित सम्झौता पनि भएको थियो ।

धरानमा विगतमा पनि केही अध्ययन भएको थियो । तर प्राविधिक हिसाबले त्यहाँ विमानस्थल बनाउन सम्भव नदेखिएको भन्दै अघिल्लो अध्ययनहरुले बताउँदै आएको छ ।

विराटनगरमा विमानस्थल रहेकाले व्यावसायिक हिसाबले पनि धरानमा विमानस्थल बन्ने सम्भावना नरहेको भन्दै धरानमा विमानस्थल बनाउन आनाकानी गर्दै आएको छ ।