धरान/  नेकपा एमाले धरान १४ नम्बर वडा कमिटीले तिहार छठ लगाएतका पर्व हरुको अवसर पारेर शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ । 

धरान १४ स्थित पिण्डेश्वोर मन्दिर परिसरमा भएको कार्याक्रममा बोल्दै नेकपा एमाले कि केन्द्रिय सदस्य मन्जु भन्डारिले सबै चाडपर्ब साझा हुने भएकाले नेपालका सास्कृतिक पर्बहरु रास्टिय चाड भएको बताइन् ।uuuu

नेकपा एमाले नेपालको मौलिकता भित्र पर्ने सबै खाले पर्व तथा संस्कृतिलाई बिकास गर्न लागि परेको बताइन ।

उनले अब एमालेका हरेक नेता कार्यकर्ता आर्थिक ,समाजिक तथा संस्कृति पक्षलाई बलियो बनाउन लागिपर्नु पर्ने बताइ । कार्यक्रममा बोल्दै प्राध्यापक डाक्टर टंक प्रसाद न्यौपानेले बदलिँदो परिवेश,र आबश्यक्ता अनुसार राजनीतिक दलहरु परिवर्तन हुनु पर्ने बताए । 

कार्यक्रममा बोल्दै कोशी प्रदेश सभाकी सांसद यसोदा कायस्थले सामाजिक तथा आर्थिक बिकास नै आहिल्र्को आबस्यक्ता भएको बताइन् ।

एमाले जिल्ला कमिटी सचिबालय सदस्य नारायण प्रसाद सुबेदीले पार्टी भित्र स्वार्थ बढेको र समुहिकता हराउदै गएको बताए  ।एमाले धरानका अध्यक्ष हर्कजङ एभेङ्ले मिसन ८४ का लागि अब पार्टीका सबै तह सकृय रहनु पर्ने बताए । 

एमाले १४ नम्बर वडाका अध्यक्ष सुर्य पोख्रेलको अध्यक्षता मा भएको कार्यक्रम सचिब केसब खतिवडाले सन्चालन गतेका थिए   ।

एमाले धरानका प्रचार बिभाग सदस्य मनि सुन्दर खत्रीले कार्यक्रमले पार्टीका  स्थानीय नेता कार्यकर्ता हरुबिचमा अन्तरघुलन गराउन मद्दत पुगेको बताए ।