धरान/ पहिलो  स्थानीय तहको निर्वाचनबाट निर्वाचित साविक विष्णुपादुका गाविसका अध्यक्ष तथा तत्कालिन वडाका जनप्रतिनिधीहरुलाई नेकपा एमाले २० नम्बर वडा कमिटीले सम्मान गरेको छ । 

तत्कालिन गाविस अध्यक्ष बलशेर राई सहित विष्णु पादुकाका ९ वटै वडाका जनप्रतिनिधिहरुलाई नेकपा एमाले वडा कमिटीले सम्मान गरेको हो ।

२०४९ सालमा भएको पहिलो स्थानीय तह निर्वाचनमा विष्णुपादुका गाविसमा अध्यक्ष, उपाध्यक्ष र ९ वटा वडाहरु मध्ये ८ वटा वडामा नेकपा एमालेले जितेको थियो ।

त्यतिखेर निर्वाचित गाविस अध्यक्ष बलशेर राई, उपाध्यक्ष बुद्धिमान तामाङ, वडा नम्बर ७ का अध्यक्ष सुकबहादुर तामाङ, वडा नम्बर ९ का अध्यक्ष हुकुमसिंह राई, वडा नम्बर ६ का अध्यक्ष जीतबहादुर राई लगायत ४० जनालाई नेकपा (एमाले) केन्द्रीय कमिटी सदस्य तथा कार्यक्रमका प्रमुख अतिथि मञ्जु भण्डारीले सम्मान गरेकि थिईन् । 

कार्यक्रममा महिला सदस्यहरु दिलकुमारी तामाङ, फूलमाया तामाङ, छुमाया तामाङ यशोदा घिमिरे बिकलाई समेत सम्मान गरिएको थियो ।

सोही अवसरमा विष्णुपादुका गाविस हुँदै धरान उपमहानगरपालिकाको वडा नम्बर २० भएपछि २०७४ सालसम्म निरन्तर वडा अध्यक्ष निर्वाचित मणीराम राई र २०७९ को चुनावमा महिला सदस्यमा निर्वाचित पञ्चमी राईलाई समेत सम्मान गरिएको थियो ।

कार्यक्रममा वडाका जेष्ठ नागरिकहरु कृष्णबहादुर तामाङ, पूर्णबहादुर तामाङ सहित १२ जनालाई समेत सम्मान गरिएको थियो । सम्मानितहरुलाई प्रमुख अतिथि भण्डारीले ढाका टोपी र महिलाहरुलाई दोसल्ला ओडाएर सम्मान गरेकि थिईन् ।

नेकपा (एमाले) कोशी प्रदेशको हालै सम्पन्न प्रदेश अधिवेशनबाट धरानबाट निर्वाचित प्रदेश सदस्यहरुलाई स्वागत सम्मान, देउसी कार्यक्रमको समिक्षा सहितको सम्मान कार्यक्रममा कोशी प्रदेश कमिटीका सदस्यहरु विजय राई, जयकुमार राई, भीमज्वाला राई, रुफिना गुरुङ, लहरुमाया जिमी, शुशीला पहाडीलाई स्वागत सम्मान गरिएको थियो ।

वडा अध्यक्ष कर्णबहादुर तामाङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष पदम राईले गरेका थिए ।

सचिव ओम सुच्चा राईले सञ्चालन गरेको कार्यक्रममा कोशी प्रदेश सांसद विजय राई, कोशी प्रदेशका संस्थापक सभामुख प्रदिप भण्डारी, मणीराम राई, सुनसरी जिल्ला सदस्य पदम इस्वो, धरान नगर अध्यक्ष हर्कजंग एभेङ लगायतले शुभकामना दिएका थिए ।