धरान/ धरानमा प्रथम एन्फा प्रेसिडेन्ट कप अन्डर–१५ फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
कोशी प्रदेश फुटबल संघको आयोजनामा आउदो मंसिर २७ गतेदेखी प्रतियोगिता सुरु हुने भएको हो ।
धरान १७ स्थित एन्फा एकाडेमीको खेल मैदानमा हुने प्रतियोगितामा कोशी प्रदेशभरीका धरान फुटबल क्लब, राष्ट्रिय जागृति क्लब इटहरी, न्यु स्टार फुटबल क्लब वराहक्षेत्र, मोरङका उर्लाबारी नगरपालिका, मिल्स भेट्रान क्लब, विराट ट्रेनिङ सेन्टर, झापाको ध्रुवतारा स्पोर्टिङ क्लब, झापा नेशनल एकेडेमी र उदयपुरको गाईघाट फुटबल क्लब सहित १० टिम सहभागिता जनाउने कोशी प्रदेश फुटबल संघका अध्यक्ष किशोर राईले जानकारी दिए ।
प्रतियिगिताको फाइनल खेल आगामी पौष ६ गते हुने संघले जनाएको छ ।
प्रतियोगिता बिजेताले नगद ५० हजार रुपैयासहित ट्रफी हात पार्ने छ भने दोस्रो हुने टिमले २५ हजार प्राप्त गर्नेछन् । यसैगरी विभिन्न विद्यामा समेत पुरस्कृत गरिने आयोजकले जनाएको छ ।




















