धरान/ सुनसरीको अल स्टार क्लब धरानमा जारी प्रथम यु –१५ एन्फा प्रेसिडेन्ट कपको सेमी फाइनलमा प्रवेश गरेको छ ।

अल स्टारले सुनसरीकै राष्ट्रिय जागृति क्लबलाई ३–१ को गोल अन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो ।

धरान १७ एन्फा एकाडेमीको खेलमैदानमा भएको खेलमा अल स्टारका तर्फबाट लोकविक्रम कार्की, युकफुङ लिम्बु र संयोग राईले १÷१ गोल गरेका थिए भने राष्ट्रिय जागृत क्लबका तर्फबाट एकमात्र गोल कुमार श्रेष्ठले गरेका थिए । खेलको म्यान अफ द म्याच अल स्टारका गोलकिपर प्रवीण लिम्बु घोषित भए ।

उनलाइ नगदसहित प्रमाणपत्र प्रदान गरिएको थियो । 

प्रतियोगिताका विजेतालाई ५० हजार नगद र उपविजेतालाई २५ हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।

प्रतियोगिताका उत्कृष्ट खेलाडीले ५ हजार रुपैयाँ र व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडीले जनही २ हजार रुपैयाँ नगद प्राप्त गर्नेछन् । प्रत्येक दिनको खेलका म्यान अफ द म्याचले नगद १ हजार रुपैयाँ पाउनेछन् ।