विराटनगर/  कोशी प्रदेशको सभामुख चयन पुन : लम्बिएको छ । दलहरुबीच यस अघि पुषको दोस्रो हप्ताभित्रमा सभामुख चयन प्रक्रिया शुरु गर्ने मौखिक सहमति बनेको थियो ।

तर अहिलेसम्म समाभुख चयन प्रक्रिया कहिलेदेखि शुरु हुन्छ भन्ने विषयमा कुनै निष्कर्ष ननिस्किएको हो ।

गत पुष ६ गते प्रदेशसभा वैठक बस्नु अगाडि सभामुख चयन प्रक्रियाबारे कार्य व्यवस्था परामर्श समितिमा छलफल हुने अपेक्षा राखिएको थियो ।

यद्यपि उक्त दिन त्यस विषयमा छलफल हुन सकेन । पुष ८ गते अर्थात आइतबार दिनको ३ बजे प्रदेशसभा बैठक बस्ने भने पनि स्थगित भएको थियो । अचानक यो वैठक पुष ११ गतेका लागि सारिएको थियो । प्रदेशसभा वैठक सर्नुमा विद्यायन समितिले स्थानीय सेवाको गठन,

सञ्चालन र सवाका सर्तहरुका सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक माथिको प्रतिवेदन पेश गर्न नसकेर रहेको उक्त समितिका सदस्य तथा नेपाली काँग्रेस संसदीय दलका प्रमुख सचेतक भुपेन्द्र राईले बताए । विद्ययेक माथिको छलफलका कारण नै सभामुख चयन ढिलो नभएको उनले बताए ।

यता मुख्यमन्त्रीको कार्यालय स्रोतले भने स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका शर्तहरुका सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक बारे विद्यायन समितिले छिटो निर्णय नलिँदा प्रदेशसभा वैठक बस्न नसकेको जनाएको छ । उक्त विद्येयक पारित गरे सभामुख चयन छिटो अगाडि बढाउन सकिने मुख्यमन्त्री मन्त्रालयको दाबी छ ।